नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावना कायमै

 लिम्बुवान न्युज
                       

काठमाडौं । आईसीसी विश्वकप लिग टू सिरिजमा शीर्ष ३ मा रहि सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।

शीर्ष ३ मा पर्न नेपालले अव बाँकी रहेको मध्ये ४ खेलमा ४ खेल नै जित्नुपर्ने भएको छ । विश्वकप लिग टू को शीर्ष तीन टोलीले जिम्बावेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ विश्वकप लिग टू को च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ ।

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेको छ ।

अव नेपाल र नामिबिया मध्ये एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंक सहित पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।

नामिबियाले ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकमा विश्वकप लिग टू को अन्त्य गरिसकेको छ ।

नेपालले अव यूएईसँग २ र पपुवा न्युगिनीसँग २ खेल खेल्न बाँकी रहेको छ । नेपालले शीर्ष ३ मा पर्न नामिबियालाई पछाडी पार्नुपर्ने हुन्छ । नामिबियाको ३९ अंक रहेको छ । नामिबियालाई पछि पार्न नेपालले बाँकी रहेको ५ खेलमा शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्नु पर्ने हुन्छ ।

यदी नेपालले बाँकी सबै खेल जित्दा ४० अंक हुनेछ । यसो गर्दा नेपालले नामिबियालाई पछाडी पार्नेछ । त्यसैले नेपालले शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने हुन्छ ।

यूएईको सबै खेल जित्दा पनि ३९ अंकमा मात्रै पुग्नसक्छ । नेपालले बाँकी सबै खेलमा जित निकाल्दा ४० अंक हुनेछ ।

जुन नेपाललाई शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पर्याप्त हुनेछ । नेपाल कुनै एक खेलमा पराजित भएमा शिर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटको सम्भावना समाप्त हुनेछ ।

नेपालका बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ । नेपालले आफ्नो घरेलु मैदानमा नेपालले यूएई र पपुवा न्युगिनीलाई अन्तिम विश्वकप लिग टू खेलका लागि निमन्त्रणा दिने छ ।

टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

सम्बन्धित समाचार

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...