कोशी प्रदेश खारेजीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी, आन्दोलनले गति लिर्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं, २२ फाल्गुन । ‘कोशी प्रदेश’ खारेजीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको इलाम माङसेबुङ ५ को वडा कार्यालयमा आन्दोलनकारीहरुले तालाबन्दी गरेका हुन् ।

त्यस्तै माङसेबुङकै अर्को वडा नम्बर ३ ले सञ्चालन गरेको सेवा केन्द्र रहेको भञ्जाङमा समेत तालाबन्दी गरिएको जनाईएको छ ।

माङसेबुङस्थित नागरिक समाज र प्रदेश नम्बर १ लाई पहिचान सहित पुनः नामाकरण अभियान समितिले पहिचानको आधारमा प्रदेशको नामाकरण नगरिएको विरोधमा वडामा तालाबन्दी गरेको जनाएको छ ।
नागरिक समाजका अगुवा मनकुमार आङ्बुहाङले माङसेबुङमा तालाबन्दी सुरु भएको जानकारी दिएका छन् । उनले केही दिनभित्रै माङसेबुङ र माई नगरपालिकाका सबै वडा र कार्यपालिकाहरुमा तालाबन्दी गरिने बताए ।
आइतबार आन्दोलनकारीहरुले माङसेबुङको बुधबारेस्थित यलम्बर चोक र भञ्जाङ वरिपरी मोटरसाइकल र्यालीसहित कोणसभासमेत गरेका छन् ।

आयोजित कोणसभामा अभियानका तर्फबाट केहरसिंह योङहाङ, होम लिङ्देनले बोलेका थिए । त्यस्तै नागरिक समाजको तर्फबाट चनाहाङ शेर्मा र पूर्ण कर्कीढोली, जुनु माखिम लगायतले बोलेका थिए ।

वक्ताहरुले पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण ‘लिम्बुवान किरात’ गर्नुपर्ने माग गर्दै सो माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्किने दावी गरेका थिए । उनीहरुले यस आन्दोलनलाई विस्तार गर्दै प्रदेशव्यापी बनाइने समेत चेतावनी दिए ।

कोशी प्रदेश मान्दैनौं, किरात प्रदेश घोषणा गरे, लिम्बुवान प्रदेश घोषणा गर लगायत नाराबाजीसहित गरएको प्रदर्शनमा ‘कोशी प्रदेश’ लेखिएको कागजसमेत जलाइएको थियो ।

झापाको दुधे, पान्थरकाे फिदिम र इटहरीमा पनि प्रदर्शन

त्यसैगरी झापाको दुधे, पान्थरकाे फिदिम र इटहरीमा पनि कोशी प्रदेश खारेजीको माग गर्दैै प्रदर्शन भएको छ ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिले कोशी प्रदेश विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पहिचानको आधारमा लिम्बुवान–किरात प्रदेश नामकरण गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।

पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका थिए ।
प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरुद्ध आन्दोलनले गति लिर्दै गरेको छ । लिम्बुवान किरात संयुक्त संघर्ष समिति लगायत राजनैतिक दलहरुले पनि आन्दोलनलाई चरणबद्ध रुपमा अघि बढाउँन विभिन्न तयारीहरु भईरहेको बताइएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...