प्रदेश १ को पुनः नामाङकनको माग गर्दै आन्दोलनको घोषणा

 लिम्बुवान न्युज
                       


दमक, २५ फागुन । प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएकोमा पुनःनामकरणको मागसहित आन्दोलनको घोषणा गरिएको छ । सबै सरोकारवालाहरुको संयुक्त बैठकले ‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ गठन गरि आन्दोलन घोषणा गरेको हो ।
किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठनहरु, अन्य राजनैतिक दलहरु र किरात धर्म तथा साहित्य उत्थान संघ लगायत सामाजिक संघ संस्थाहरु संलग्न संयुक्त संघर्ष समितिले फागुन २८ गते प्रदेशमा आमहड्ताल सहित चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
लिम्बुवान–किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं. को १ पुनः नामाकरण अभियान समिति र किरात राई यायोक्खाद्वारा प्रदेशको नाम कोशी खारेजीको लागि आजसम्म घोषित कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न गर्दै आजै नेपाल आदिवासी जनजाति महासंघ र थप विभिन्न नयाँ घटक सदस्यहरु समेतसँग संयुक्त बैठक बसी आन्दोलनलाई एकीकृत गर्नुका साथै संघर्ष समितिको नाम समेत परिवर्तन गर्दै संयुक्त आन्दोलनका कार्यक्रमहरु पारित गरेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले जनाएका छन् ।
चरणबद्ध आन्दोलन अन्तर्गत फागुन २५ र २६ गते प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोणसभाहरु गर्ने, स्थानीय तह लगायतका कार्यालयहरुमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरु हटाउने, कोशी नामका लेटरप्याडहरु जलाउने कार्यक्रम रहेको जनाइएको छ । संघर्ष समितिका अनुसार उक्त दुई दिन कोशी प्रदेश नाममा मत हाल्ने प्रदेश सांसदहरुलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति विस्तारलाई जारी राख्ने, पर्चा निर्माण र वितरण गर्ने, भित्ते लेखन गर्ने कार्यक्रम रहेको छ । यस अवधिमै उद्योगी, व्यवसायी, व्यापारी, यातायात लगायतका निकाय, व्यक्ति एवं संस्थाहरुसँग समन्वयात्मक बैठक बस्ने पनि समितिले घोषणा गरेको छ ।
फागुन २७ भने प्रदेशव्यापी राँके जुलुस र फागुन २८ प्रदेशमा आम हड्ताल गर्ने तय भएको अध्यक्ष येक्तेनले जनाए । यसरी नै किरात धर्म तथा साहित्य उत्थान संघको समन्वयमा चैत ५ गते प्रदेशको राजधानी विराटनगरमा बृहत जनप्रदर्शन गर्ने समितिले जनाएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...