जसपाले बनायाे रामसहाय प्रसाद यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार

 लिम्बुवान न्युज
                       


काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार ललितपुरस्थित बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यादव बारा क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा निर्वाचित सांसद हुन् । आठ दलीय राजनीतिक संयन्त्रले नेपाली कांग्रेसलाई राष्ट्रपति र जसपालाई उप–राष्ट्रपति दिने समझदारी अनुसार यादव उम्मेदवार बनेका हुन् ।

कांग्रेसका तर्फबाट सिफारिस भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगका अनुसार उप–राष्ट्रपति पदको उम्मेदवारमा फागुन २७ गते मनोनयन छ । उप–राष्ट्रपतिको चैत ३ गते निर्वाचनको कार्यतालिका रहेको निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।

बारामा रिक्त हुने क्षेत्र नं. २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने तयारीमा छन् । उपेन्द्र सप्तरीबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । पराजित भएका अध्यक्ष यादव प्रतिनिधिसभामा छिर्न निकै जोडबल गरेका छन् ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...