कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रमुख शहरहरुमा राँके जुलुस

 लिम्बुवान न्युज
                       

दमक, २७ फागुन । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै शनिबार साँझ प्रदेशको प्रमुख सहरहरुमा राँके जुलुस निकालेको छ । फागुन १७ गते प्रदेशको नामाकरण घोषणा भएसँगै प्रदेशमा पहिचानवादी दल र संघसंगठनहरु आन्दोलनमा उत्रिएका छन् ।

संघर्ष समितिको अगुवाईमा ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलामबजार, माङ्सेबुङ, झापाको विर्तामाड, दमक, भद्रपुर, मोरङको विराटनगर, उर्लाबारी, पथरी, लेटाङ र बेलबारी, सुनसरीको इटहरी र धरान, धनुकटाको धनकुटाबजार, तेह्रथुमको मेयङलुङ, भोजपुरको भोजपुरबजार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, ओखलढुंगाको ओलढुंगा, सखुवासभाको चैनपुर लगायत दर्जनौं स्थानमा हजाराैंकाे उपस्थितिमा राँके जुलुस प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले कोशी प्रदेश खारेज गर, पहिचानबादी एक होऔं, ऐतिहासिक पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण गर लगायत नारा लगाउँदै राँके जुलुस गरेका छन् । विर्तामोड लगायत केही स्थानमा राँके जुलुस प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही बेर घम्साघम्सी समेत भएको थियो । सो क्रममा  प्रशर्दनकारी र सुरक्षाकर्मीहरु सामान्य घाईते भएको संघीय लिम्बुवान प्रान्तीय मञ्च झापा जिल्ला उपाध्यक्ष राजा अाङ्थुप्पेले बताए । बाँकी स्थानमा भने कुनै अप्रिय घटना नभएकाे बताइएकाे छ ।

संघर्ष समितिका अगुवा नेताहरुले विभिन्न कोणसभामा कोशी प्रदेश खारेजीको माग राख्दै प्रदेशको पुनः नामाङकन नगरिए थप शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । पहिचान नामेट पार्ने षडयन्त्रकारी प्रदेश १ का प्रदेश सदस्यहरुलाई गृह जिल्लामा रोक लगाउन समेत उनीहरुले माग गरेका छन् । मुख्य गरी आदिवासी जनजाति प्रदेश सदस्यहरुले पहिचान मेटने कार्य गरेकोमा इतिहासले उनिहरुलाई कहिल्यै विर्सने छैन वक्ताहरुले भनेका छन् ।
संघर्ष समितिले भोलि फागुन २८ गते प्रदेशव्यापी आम हड्ताल घोषणा गरेसँगै अघिल्लो दिन आज राँके जुलुस गरेको हो । संघर्ष समितिले आगामी चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन समेत गर्ने निर्णय गरेको छ ।

लिम्बुवान किरात संयुक्त संघर्ष समिति साथै पहिचान सहितको प्रदेश नं. को १ पुनः नामाकरण अभियान समिति, किरात याक्थुङ् चुम्लुङ र किरात राई यायोक्खा केन्द्रीय समितिको संयोजनमा मंगलबार र बुधबार (फागुन २३, २४) भएको बैठकले सो निणर्य गरेको हो । अन्दोलनरत समितिहरुको बैठकले संघर्ष समितिको नाम परिवर्तन गर्दै प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समिति राखिएको चुम्लुङ संघीय अध्यक्ष प्रेम एक्तेनले जनाए । बैठकमा किरात राई यायोक्खा उपाध्यक्ष जनक राई, किरात सगरमाथा नामाकरण शान्तिपूर्ण नैतिक दबाब समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, आदिबासी जनजाति महासंघको पूर्ब महासचिव आङ्काजी शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन, जनता समाजवादी पार्टीका रमेश राई, लिम्बुवानका नेता सञ्जुहाङ पालुङ्वा, खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय उपाध्यक्ष दिलराम राई, किरात लिम्बुवान नामकरण दबाब समुहको अध्यक्ष प्रेमदिप थाम्सुहाङ लगायतको उपस्थिति रहेको थियो । बैठकमा समाजिक तथा राजनीतिक संगठनका नेताहरुले आन्दोलनको उठान, प्रभाव, सम्भावना र चुनौतीहरु बारे बोलेका थिए ।

आन्दोलनमा गोपाल किराती नेतृत्वको संगठन, मंगोल नेशनल अर्गनाइजेसन, कोच, धिमाल, याक्खा, सुनुवार, पहिचान पक्षधर एमाले, कांग्रेस, माओवादी लगायतका घटक संगठनहरुलाई जोड्दै जाने र प्रदेश नंंं.१ को मात्र नभएर बाँकी छ वटै प्रदेशको पुनः नामाकरणको मुघा उठाउन पहल गर्नुपर्ने वक्ताहरुले बिषय राखेका थिए ।

फागुन २४ काठमाडौंमा अध्यक्ष गेल्जे लामा शेर्पाको सभापतित्वमा बसेको नेपाल आदिबासी जनजाति महासंघ संघीय समितिको बैठकले १ नं. प्रदेशको आन्दोलनलाई नैतिक र भौतिक समर्थन, सहयोग गर्ने निणर्य भएको महासचिव दिवस राईले बताए । प्रदेश नं. १ को नाम कोशी खारेजीको लागि हुने आन्दोलनमा सहभागी हुन महासंघको १ नं. प्रदेश, जिल्ला समितिहरुलाई सर्कुलर जारी गरिएको महासंघले जनाएको छ । महासंघले न्याय र स्वतन्त्रताको आन्दोलन गाउँगाउँबाट गठन र उठाउन आव्हान समेत गरेको छ ।

यसैगरी भोलि आइतबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा प्रदेश नं. १ को पुनः नामाङ्कनको माग गर्दै विभिन्न जातीय संघसंस्थाहरुको उपस्थितिमा प्रर्दशन गरिने महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;