कोशी प्रदेश खारेजीको माग गर्दै १४ जिल्लामा आमहड्ताल सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, २८ फागुन । प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएकोमा बिरोध गर्दै १४ जिल्लामा आमहड्ताल भएको छ । प्रदेश नं. १ को पुनः नामाङ्कनको माग गर्दै प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले आज आमहडताल गरेको हो ।

आज प्रदेशका १४ वटा जिल्लाका सदरमुकाम र प्रमुख शहरहरु बन्द भएको छन् । यसैगरी शैक्षिक संस्था, सरकारी निकायहरु लगायत सबै संस्थाहरु आन्दोलनकारीहरुले बन्द गर्न आव्हान गरेका थिए । बन्दकर्ताहरु विहानै देखि आन्दोलनमा सहभागी हुने क्रममा झापाको विभिन्न स्थानबाट पक्राउ परेका थिए ।

झापाको काकरभिट्टाबाट मित्र लिङदेन, विनोद न्यौपाने, निर्मला लिङदेन, देउमानहाङ लिम्बु, राज खम्बु, गौरीमान राई, कुमार साम्यु, सामी पालुङवा, कोपिला लावती र सुनिता लामा पक्राउ परेका थिए । यसरी नै काकरभिट्टाबाट ओमप्रकाश खापुङ र श्रवण मेचे, दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो, महेन्द्र चाम्लिङ, याम लिम्बु, बेनुकुमार लिम्बु, दिपक लिम्बु, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादेन, डिगबहादुर मादेन र श्याम मादेन, यसरी नै चारआलीबाट लिम्बुवानका उपाध्यक्ष यलम्बर खम्बु, केर्खाबजारबाट ममता लिम्बु, साम्योक आङदेम्बे र दिलीप घताने र बुट्टाबारीबाट अर्जुन येक्तेन पक्राउ परेका थिए । उनीहरुलाई साँझ प्रहरीले रिहाई गरेको छ ।

झापा बाहेक अन्य जिल्लाहरुमा प्रहरीसँग मुठभेठ भएपनि पक्राउ नपरेको खबर प्राप्त भएको छ । प्रहरीको लठ्ठी प्रहारबाट कमल केर्खा सडकखण्डमा एल.भी. साम्योक आङदेम्बे घाइते भएको हुँदा वहाँको दमक अस्पतालमा उपचार भईरहेको कियाचू झापा अध्यक्ष सेसेहाङ फियाकले बताए ।

इटहरी पूर्व लोक मार्ग, कोशी मार्ग, मेची मार्ग लगायतका अन्य मध्यपहाडी, मदनभण्डारी, दमक चिसोपानी रवि सडक लगायतका मुख्य सडकहरुमा सवारी साधन ठप्प भएको संघर्ष समितिले जनाएको छ ।

यसैगरी प्रदेश नं. १ को राजधानी विराटनगर लगायत मुख्य शहरहरु धरान, इटहरी, दमक, विर्तामोड बजारहरु बन्द रहेको थियो । प्रदेश नामाकरण पहिचानको आधारमा गरिने पर्ने माग राख्दै संघर्ष समितिमा आबद्ध विभिन्न जातीय संघसंस्थाहरु, संगठनहरु र राजनैतिक दलहरुले आन्दोलनलाई निरन्तर अघि बढाउने चेतावनी दिदैं आगामी चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन गर्ने जनाएको छ ।

विभिन्न स्थानहरूमा साँझ काेणसभा गर्दै उनीहरूले राज्यले आदिवासी जनजातिको पहिचानलाई नामेट पार्ने षडयन्त्र गरेको बताएका छन् । हामीले लामो समय देखि प्रदेश नामाकरण पहिचानको आधारमा हुनु पर्ने माग राख्दै आन्दोलन गरिरहेको तर हाम्राे आवाजलाई वेवास्ता गर्दै छापामारशैलीमा प्रदेशको नामाकरण गरिएकोमा आफूहरुको अपमान गर्ने प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रनु परेकाे बताए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;