प्रदेश १ को नाम लिम्बुवान किरात राख : फोनिज

 लिम्बुवान न्युज
                       

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजले प्रदेश नम्बर  लाई पहिचानकाे आधारमा लिम्बुवान किरात प्रदेश नामाकरण गर्नुपर्ने माग दोहोर्याएको  

शनिबार  आइतबार सर्लाहीको हरिवनमा सम्पन्न फोनिजको नीति तथा विधान सम्मेलनपछि जारी १३ बुँदे घोषणा-पत्रमा यस्तो माग गरिएको हो 

प्रदेशको नामाकरण गर्दा पहिचानलाई बेवास्ता गरि कोशी कायम गरिएकोप्रति फोनिजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको  

त्यस्तै,  फोनिजले तत्कालिन नेपाल पत्रकार संघका संस्थापक सत्यनारयण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक सभापतिको रुपमा स्वीकार गर्न समेत माग गरेको  

सो कार्यक्रममा आमन्तृत संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको बताएका थिए 

आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै मन्त्री किरातीले ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास समेत व्यक्त गरेका थिए 

उनले आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने  त्यसबाट समग्र देशको पर्यटन क्षेत्रको विकास हुने दावी गरे 

फोनिज संघीय समितिका अध्यक्ष गजुरधन राईले पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजको तर्फबाट पहल कदमी साथ सहयोग जारी रहने प्रतिवद्धता दोहोर्याएका थिए 

कार्यक्रममा फोनिजका निवर्तमान अध्यक्ष दण्ड गुरुङहरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), बागमतीनगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान  नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले शुभकामना व्यक्त गरेका थिए 

सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट आदिवासी जनजाति पत्रकारहरु सर्लाही आएका थिए 

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारको उत्थान सहभागिता वृद्धिका लागि फोनिजले निरन्तर पहल गरिरहेको बताएका थिए 

सम्मेलनले फोनिज विधानमा संशोधन गरेको महासचिव मिलन लिम्बूले जानकारी दिएका छन् फोनिजले संघीय राजधानी काठमाडौं  उपत्यका लक्षित गैरभौगोलिक विशेष प्रदेश थप  फोनिजको संरचना पालिका तहसम्म विस्तार गर्ने गरी विधान संशोधन गरेको हो 

२०५६ साल जेठ २७ गते स्थापित फोनिजको ६० जिल्ला शाखा जातीय पत्रकार संस्था प्रदेश समिति विदेश शाखा रहेका छन्  यस संस्थामा देशभरबाट करिब साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन्  (हरप्रहर खबरबाट)

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...