“युक्पुङ्” चलचित्रको छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       


धरान, ३ चैत्र । नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको छायाङ्कन समापन भई पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्र निर्माण परिवारले जानकारी गराएको हो ।

‘केएमडी अर्गानिक इन्टरटेन्मेन्ट प्रा.लि.’द्वारा निर्मित चलचित्रलाई तेह्रथुमको विभिन्न ऐतिहासिक रमणीय स्थलहरुमा छायांकन गरिएको वताईएको छ । पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलान्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको प्रेम कथालाई चलचित्रमा देखाइएको छ ।

‘यक्पुङ’मा दिनेश माङ्मुको कथा÷निर्देशन, विष्णु मोक्तान र मदन वनेमको पटकथा÷संवाद, रविन्द्र बरालको छायांकन रहेको छ । चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, सागर केरुङ, हिमाल लेछर्बो, मिराक लिम्बू, प्रेम ओझा, नुनाम केरुङ, कुमार ढकाल, डिबि थेगिम, मदन वनेम, सुलभ नेम्बाङ, टिआर सेनेहाङगायतले अभिनय गरेका छन् ।

नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बू र इन्दु लावतीको संयुक्त निर्माण रहको यस चलचित्रको सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ् रहेका छन् ।

पोष्टप्रोडक्सनमा रहेको चलचित्र दशैं–तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...