शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

 लिम्बुवान न्युज
                       

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै स्मृति दिवस मनाइएको हो ।

शहीद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालयले धरानमा शहीदको फोटोमा माल्यार्पण गरी मौनधारण गर्दै मनाएका छन् । प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रम भएको हो । त्यसैगरी कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्षहरु एवी पन्धाक, भू.पु. डि.एस.पी. कृष्णमान थेवे, महासचिव अशोक चेम्जोङ् लगायत प्रतिष्ठानका सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

यसरी नै संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्य समितिले शहीद मनिलको समाधिस्थल पृथ्वीनगर झापामा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष यलम्बर खम्बु, विद्यार्थी नेता मोहन मावो लगायत नेताहरुको उपस्थितिमा मनिलको समाधिमा एकमिनट मौनधारण गरी श्रद्धाञ्जली सहित कार्यक्रम गरिएको जिल्ला उपाध्यक्ष राजा आङ्थुपोले जनाएका छन् ।

मञ्चले काठमाडौं केन्द्रीय कार्यालय, पान्थरको फेदेन लगायत विभिन्न स्थानहरुमा त्यसैगरी प्रवास समिति कतार लगायत अन्य प्रवासहरुमा समेत शहीद मनिल तामाङ्को बलिदानीलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।

संघीय विद्यार्थी युनियन लगायतका पहिचान पक्षका विद्यार्थीहरुले स्ववियू निर्वाचन पूर्णसमानुपातिक प्रणालीबाट हुनु पर्छ भन्ने माग राखि शान्तिपूर्ण आन्दोलन गरी स्ववियू निर्वाचन रोक्ने क्रममा प्रहरीको गोली लागी तामाङ् शहीद भएका थिए । उनलाई नेपाल सरकारले १० लाख रुपैयाँ दिएको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...