‘कोशी’ प्रदेश नाम खारेजी आन्दोलनकाे कार्यक्रम पुनः घोषणा

 लिम्बुवान न्युज
                       

दमक, ८ चैत्र । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बुधबार फेरि आन्दोलनको कार्यक्रम विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ ।

षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश नाम प्रदेश सभाले नामकरण गरेकोमा प्रदेश नाम ‘कोशी’ खारेज गर्न र बहुल पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम पुनः नामाङ्कन गराउन दबाब दिने उद्देश्यले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा गाउँ/सहर जागरण मार्च अभियान (प्रशिक्षण, प्रतिरोध संरचना निर्माण, सङ्घर्ष समितिको पूणर्ता), १४ जिल्ला/क्षेत्रीय सभाहरु, काठमाडौँमा मोटरसाइकल जुलुस, राजनीतिक दल, थातथलो खुलेका र नखुलेका आदिवासी जनजाति लगायतका समुदाय एवम् प्रदेश १ का जनताहरुसँग समन्वय र छलफल गर्ने भनिएको छ । प्रदेश नं. १ भर सरकारी निकायहरु, व्यवसायी (होटल, रेस्टुरेन्ट, विद्यालय, क्याम्पस, सवारी साधन), गैर सरकारी संस्था लगायत सबैले लेटरप्याड, बोर्ड लगायतमा कोशी प्रदेश नलेख्न र लेखिएको भए मेट्न अनुरोधपत्र वा विज्ञप्ति पठाउने र पूर्व घोषित कार्यक्रमहरुको निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।

पूर्व घोषित कार्यक्रममा सरकारी निकायहरुमा तालाबन्दी र कालो झन्डा रोप्ने, कोशी बोर्ड लेखनमा रोक, लेखिएकाहरु हटाउने/मेटाउने, कोशी लेटरप्याडको प्रयोगमा अवरोध र जलाउने, प्रदेशको नाम कोशीमा मत हाल्ने ८२ प्रदेश सांसदको विरोध एवम् बहिष्कार, प्रदेशको नाम कोशी खारेजी सम्बन्धी साहित्यिक र सांस्कृतिक कार्यक्रम, प्रदेशको नाम कोशी खारेजी संवाद एवम् मिडिया अभियान, प्रदेशको नाम कोशी खारेजी अनलाइन सभा र प्रदेश नं. १ प्रदेश सभा घेराउ/अवरोध गर्ने कार्यक्रमलाई पूर्व घोषि कार्यक्रममा राखिएको छ । संघर्ष समितिले अनिश्चितकालीन आमहडतालको समय पछि तोक्ने जनाइएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...