लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर लाजेहाङ आइसियूमा

 लिम्बुवान न्युज
                       

धरान, ९ चैत्र । संघीय लिम्बुवान प्रान्तीय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भईरहेको छ । उनी यहि चैत्र ५ गते विराटनगरको विरोध जनप्रदर्शनमा शसस्त्र प्रहरीसँगको दोहोर झडपमा घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

टाउकोमा चोट लागेर सामान्य उपचार गरेर बसेका लिम्बु बुधबार साँझ विहोस भएपछि विपि लगिएको एलभी सहकमाण्डर भुपाल चेम्जोङ्ले बताए । चेम्जोङका अनुसार उनको टाउकोमा रगत जम्मा भएको हुँदा अप्रेशन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । प्रदेश नं. १ को नाम माघ १७ गते प्रदेशसभाले छापामार शैलीमा कोशी ल्याएपछि पहिचानवादी संघ संस्था तथा दलहरु यतिवेला आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनको क्रममा चैत्र ५ गते करिब ३ सयको संख्यामा बसहरुबाट हजारौं प्रदर्शनकारीहरु विराटनगरमा जम्मा भई कोशी खारेजीको माग राख्दै प्रदर्शन गर्ने क्रममा शसस्त्र प्रहरीसँग मुठभेट हुँदा कमाण्डरको टाउकोमा चोट लागेको अर्का एलभी सह-कमाण्डर तथा लिम्बुवानका नेता गणेश मिभकले बताए । उनले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा पुनः नामाङकन संघर्ष समितिलाई आर्थिक सहयोगको पनि अपिल गरेका छन् ।

 

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...