लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर लाजेहाङ आइसियूमा

 लिम्बुवान न्युज
                       

धरान, ९ चैत्र । संघीय लिम्बुवान प्रान्तीय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भईरहेको छ । उनी यहि चैत्र ५ गते विराटनगरको विरोध जनप्रदर्शनमा शसस्त्र प्रहरीसँगको दोहोर झडपमा घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

टाउकोमा चोट लागेर सामान्य उपचार गरेर बसेका लिम्बु बुधबार साँझ विहोस भएपछि विपि लगिएको एलभी सहकमाण्डर भुपाल चेम्जोङ्ले बताए । चेम्जोङका अनुसार उनको टाउकोमा रगत जम्मा भएको हुँदा अप्रेशन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । प्रदेश नं. १ को नाम माघ १७ गते प्रदेशसभाले छापामार शैलीमा कोशी ल्याएपछि पहिचानवादी संघ संस्था तथा दलहरु यतिवेला आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनको क्रममा चैत्र ५ गते करिब ३ सयको संख्यामा बसहरुबाट हजारौं प्रदर्शनकारीहरु विराटनगरमा जम्मा भई कोशी खारेजीको माग राख्दै प्रदर्शन गर्ने क्रममा शसस्त्र प्रहरीसँग मुठभेट हुँदा कमाण्डरको टाउकोमा चोट लागेको अर्का एलभी सह-कमाण्डर तथा लिम्बुवानका नेता गणेश मिभकले बताए । उनले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा पुनः नामाङकन संघर्ष समितिलाई आर्थिक सहयोगको पनि अपिल गरेका छन् ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...