घाईते लिम्बुवान नेता लाजेहाङको उपचारको क्रममा निधन, राष्ट्रिय शहीद घोषणा गर्न माग

 लिम्बुवान न्युज
                       


धरान, १० चैत्र । कोशी प्रदेशको नाम खारेजी र पुनः नामाकरणको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट गम्भीर घाईते ४२ वर्षीय पदम लिम्बु ‘लाजेहाङ सुक्वाबा’को उपचारको क्रममा मृत्यु भएको छ ।
चैत ५ गते बिराटनगरमा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको जनप्रदर्शनमा प्रहरीसँग झडप भई टाउकोमा गम्भीर चोट लागेका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान २ः३० बजे मृत्यु भएको किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी दिएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले एक विज्ञप्ति जारी गर्दै मञ्च मातहतका लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सह–कमाण्डर लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरेका छन् । उनको हत्याको जिम्मा प्रधानमन्त्री, प्रदेश १ का मुख्यमन्त्री र ८२ जना प्रदेश सदस्यहरुले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले जनप्रदर्शन गर्दा प्रदर्शनकारीले निशेधाज्ञ क्षेत्र तोडेका थिए, सुरक्षाकर्मीले अश्रुग्याँस र केही हवाई फायर चलाउनुका साथै लाठिचार्ज गर्दा दोहोरो झडप भएको थियो । उनलाई शहीद घोषणा गरी प्रदेशको पुनः नामकरणको माग गर्ने निर्णय संयुक्त सङ्घर्ष समितिले गरेको छ ।

आफुहरुले अगाडि सारेको माग राज्यले सम्बोधन नगरेसम्म मृतकको शव नबुझ्ने साथै आन्दोलन अगाडि बढाउने निर्णय समितिले गरेको छ । सङ्घर्ष समितिको शुक्रबार काठमाडौंमा बसेको आपतकालिन बैठकले सो निर्णय गरेको किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिईन् ।
प्रदेशको नाम कोशी खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कनका लागि गरेको माग सम्बोधन नहुन्जेल तथा लाजेहाङलाई राज्यले शहीद घोषणा गरी क्षतिपूर्ति नगरुन्जेल मृतकको शव जिम्मा नलिने निर्णय भएको उनको भनाइ छ ।
महासचिव तुम्बापोका अनुसार भोलि चैत ११ गते प्रदेशभरी केही घण्टा चक्काजाम गर्ने निर्णय पनि समितिले गरेको छ । यसैबीच, घट्नाको छानबिन गर्न आयोग गठनको मागसहित सङ्घर्ष समितिले संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको छ ।
यसैबीच प्रदेश न. १ पुनः नामांकन संयुक्त संघर्ष समिति,जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी लाजेहाङ लिम्बूको हत्याको जिम्मा प्रदेश १ लाई कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम नेपाल प्रहरीले लिनु पर्ने बताएका छन् । उनीहरुले लाजेहाङ लिम्बूको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गरेका छन् ।
यसैगरि आज साँझ सो घटनाको विरोधमा प्रदेशका विभिन्न शहर र सदरमुकामहरुमा प्रर्दशन गरिएका छन् । संयुक्त संघर्ष समिति इलामले प्रदेश मुख्यमन्त्री हिक्मत कार्की र प्रदेशसभा सदस्य राम रानाको पुत्ला दहन गरेका छन् यसैगरी इलामको माङसेबुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, ओखलढुंगा, खोटाङ्, ताप्लेजुङ, पान्थरको फेदेन, सुनसरीको धरान, इटहरी, मोरङको बेलबारी, पथरी, झापाको विर्तामोड र कमल केर्खामा समेत कोणसभाका साथै प्रर्दशन गरिएका छन् ।
यसैगरी आजै दिउँसो १ बजे मुख्यमन्त्री हिक्मत कार्कीलाई दमकस्थित ताराबारीमा संघर्ष समितिले कालो झण्डा देखाएका छन् । कोशी नाम खारेजीको माग गर्दै संघर्ष समितिले कालो झण्डा देखाइएको कियाचू झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले बताए । कार्यक्रममा मञ्चका महासचिव अशोक चेम्जोङ, प्रान्तीय उपाध्यक्ष विष्णु भट्टराई लगायत लिम्बुवानका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...