घाईते लिम्बुवान नेता लाजेहाङको उपचारको क्रममा निधन, राष्ट्रिय शहीद घोषणा गर्न माग

 लिम्बुवान न्युज
                       


धरान, १० चैत्र । कोशी प्रदेशको नाम खारेजी र पुनः नामाकरणको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट गम्भीर घाईते ४२ वर्षीय पदम लिम्बु ‘लाजेहाङ सुक्वाबा’को उपचारको क्रममा मृत्यु भएको छ ।
चैत ५ गते बिराटनगरमा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको जनप्रदर्शनमा प्रहरीसँग झडप भई टाउकोमा गम्भीर चोट लागेका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान २ः३० बजे मृत्यु भएको किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी दिएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले एक विज्ञप्ति जारी गर्दै मञ्च मातहतका लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सह–कमाण्डर लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरेका छन् । उनको हत्याको जिम्मा प्रधानमन्त्री, प्रदेश १ का मुख्यमन्त्री र ८२ जना प्रदेश सदस्यहरुले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले जनप्रदर्शन गर्दा प्रदर्शनकारीले निशेधाज्ञ क्षेत्र तोडेका थिए, सुरक्षाकर्मीले अश्रुग्याँस र केही हवाई फायर चलाउनुका साथै लाठिचार्ज गर्दा दोहोरो झडप भएको थियो । उनलाई शहीद घोषणा गरी प्रदेशको पुनः नामकरणको माग गर्ने निर्णय संयुक्त सङ्घर्ष समितिले गरेको छ ।

आफुहरुले अगाडि सारेको माग राज्यले सम्बोधन नगरेसम्म मृतकको शव नबुझ्ने साथै आन्दोलन अगाडि बढाउने निर्णय समितिले गरेको छ । सङ्घर्ष समितिको शुक्रबार काठमाडौंमा बसेको आपतकालिन बैठकले सो निर्णय गरेको किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिईन् ।
प्रदेशको नाम कोशी खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कनका लागि गरेको माग सम्बोधन नहुन्जेल तथा लाजेहाङलाई राज्यले शहीद घोषणा गरी क्षतिपूर्ति नगरुन्जेल मृतकको शव जिम्मा नलिने निर्णय भएको उनको भनाइ छ ।
महासचिव तुम्बापोका अनुसार भोलि चैत ११ गते प्रदेशभरी केही घण्टा चक्काजाम गर्ने निर्णय पनि समितिले गरेको छ । यसैबीच, घट्नाको छानबिन गर्न आयोग गठनको मागसहित सङ्घर्ष समितिले संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको छ ।
यसैबीच प्रदेश न. १ पुनः नामांकन संयुक्त संघर्ष समिति,जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी लाजेहाङ लिम्बूको हत्याको जिम्मा प्रदेश १ लाई कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम नेपाल प्रहरीले लिनु पर्ने बताएका छन् । उनीहरुले लाजेहाङ लिम्बूको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गरेका छन् ।
यसैगरि आज साँझ सो घटनाको विरोधमा प्रदेशका विभिन्न शहर र सदरमुकामहरुमा प्रर्दशन गरिएका छन् । संयुक्त संघर्ष समिति इलामले प्रदेश मुख्यमन्त्री हिक्मत कार्की र प्रदेशसभा सदस्य राम रानाको पुत्ला दहन गरेका छन् यसैगरी इलामको माङसेबुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, ओखलढुंगा, खोटाङ्, ताप्लेजुङ, पान्थरको फेदेन, सुनसरीको धरान, इटहरी, मोरङको बेलबारी, पथरी, झापाको विर्तामोड र कमल केर्खामा समेत कोणसभाका साथै प्रर्दशन गरिएका छन् ।
यसैगरी आजै दिउँसो १ बजे मुख्यमन्त्री हिक्मत कार्कीलाई दमकस्थित ताराबारीमा संघर्ष समितिले कालो झण्डा देखाएका छन् । कोशी नाम खारेजीको माग गर्दै संघर्ष समितिले कालो झण्डा देखाइएको कियाचू झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले बताए । कार्यक्रममा मञ्चका महासचिव अशोक चेम्जोङ, प्रान्तीय उपाध्यक्ष विष्णु भट्टराई लगायत लिम्बुवानका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...