संघर्ष समितिको आव्हानमा १ घण्टे चक्काजाम सम्पन्न, सरकारद्वारा आन्दोलनमा मृत्यु भएको घटनाको छानविन समिति गठन

 लिम्बुवान न्युज
                       


दमक, ११ चैत्र । पहिचानको आधारमा कोशी प्रदेशलाई पुनः नामाकरण गर्नुपर्ने मागसहित आयोजित आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को मृत्यु भएको विरोधमा आज शनिबार पूर्वका १४ जिल्लामा दिउँसो १ बजेदेखि २ बजेसम्म चक्काजाम भएको छ ।

कोशी प्रदेश खारेजी र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने मागसहित गत चैत ५ गते प्रदेश राजधानी बिराटनगरमा भएको विरोध प्रदर्शन र धर्नामा प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको उपचारका क्रममा निधनभएपछि पहिचान पक्षधर आन्दोलनकारी थप आन्दोलित भएका हुन ।

मृतकका परिवार र आन्दोलनकारीले लिम्बूको शव समेत बुझ्न मानेका छैनन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय मञ्च मातहतको लिम्बुवान भोलेन्टियर्स सहकमाण्डर समेत रहेका लिम्बुलाई राष्ट्रिय शहीद घोषणा नगरिए आन्दोलन थप जटिलता तिर जाने मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङले बताएका छन् । उनले शुक्रबार धरानस्थित भानुचोकमा बोल्दै लाजेहाङको रगतले हामीलाई थप आन्दोलित बनाएको छ । कोशी खारेजीको मागलाई हामी निरन्तर अगाडि बढाउने सरकारलाई चेतावनी दिएका छन् ।

यसैगरी संघर्ष समितिले पहिचान प्राप्तिको आन्दोलनमा प्रहरीको लाठ्ठी लागेर घाइते भै ज्यानगुमाएका लिम्बूलाई सहिद घोषणा गर्नुपर्ने, प्रदेशको पुनः नामाकरण पहिचानका आधारमा गर्नुपर्ने, घटनाको छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्ने लगायत मागराख्दै विभिन्न आन्दोलन जारी राखेका छन ।

शनिबार १४ जिल्लाका मुख्य सहर, पहाडी जिल्लाका सदरमुकामहरुमा १ घण्टेचक्काजाम सफलतापूर्वक सम्पन्न भएको पहिचानका आधारमा प्रदेश १ को पुनः नामाकरण संयुक्त संघर्ष समितिको एक घटक किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले जानकारी दिए । कार्यक्रम लोकमार्गले छोएका प्रमुख शहरहरुमा भएको संघर्ष समितिले बताएको छ ।

घटनाको छनबिन गर्न सरकारद्वारा समिति गठन

यसैबीच सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ को सचिवालयले दिएको जानकारीअनुसार सरकारले चैत ५ गतेको बिराटनगर घटना बारे छानबिन गर्न समिति गठनगरेको छ ।

नेपाल सरकारका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिनसमिति गठन गरिएको हो ।

कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका लिम्बूको मृत्यु भएपछि सरकार घटनाको छानबिन गर्न तयार भएको हो ।

प्रधानमन्त्री दाहालले शनिबार नै आन्दोलनरत संघ संस्थाका प्रतिनिधिहरुसँगको भेटमा आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण भएको भन्दै संवेदनशील विषयमा सडक आन्दोलन भन्दा पनि संवादमा सहभागी भएर समस्या समाधानमा लाग्न सुझाव दिएका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...