चुलाचुली गाउँपालिकामा तालाबन्दी

 लिम्बुवान न्युज
                       


चुलाचुली, १२ चैत्र । इलामको चुलाचुली गाउँपालिकामा कालो झन्डा गाड्दै तालाबन्दी गरिएको छ । आइतबार प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको हो ।

आईतवार गाउँ पालिकाको कार्यलयमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलन गरिरहेको समितिले कालो झन्डा गाड्ने र कोशी प्रदेश लेखिएको कागजातहरु कार्यलयको प्राङ्गणमा जलाएर नष्ट पारेका छन् । उनीहरुले कार्यालयको बोर्डमा कोशी प्रदेश मेटाएका छन् ।

यसैगरी आन्दोलनकारीहरुले कोशी प्रदेशका प्रस्तापक रामबहादुर.रानाको पुत्ला दहन र तस्बिरमा थुकेका थिए भने विदुर लिङ्थेप लिम्बूको तस्वीरलाई श्राप दिने, थुक्ने जस्ता कार्यक्रम सहित गाउँ गाउमा राजनीतिक बहिष्कार गर्ने उद्घघोघ गर्दै चुलाचुली आइतबारे चोकमा कोणसभासंगै चर्को रुपमा नारावाजी गरेका थिए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ, किरात लिम्बुवान नामाकरण अभियानका संयोजक प्रेमदिप थाम्सुहाङ, जसपा झापा अध्यक्ष दिपेन वाला राई लगायत नेताहरुले वीर सहिद पदम लिम्बू लाजेहाङलाई राष्ट्रिय सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । यसैगरी पहिचानको आन्दोलन जारी रहने भन्दै जबसम्म कोशी प्रदेश खारेज हुँदैन तबसम्म लड्न सबैमा आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...