लाजेहाङ घटना तुहाउने षडयन्त्रमा बनेको छानविन समिति मान्दैनौं –संघर्ष समिति

 लिम्बुवान न्युज
                       


दमक, १३ चैत्र । किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पूर्वघोषित आन्दोलनका कार्यक्रमहरू निरन्तर रहेको बताएका छन् । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिलाई संघीय सरकारसँग वार्ता गर्ने बारेमा कुनै जानकारी नभएको भन्दै अध्यक्ष येक्तेनले कुनै भ्रममा नपरी अझ स–सशक्त आन्दोलन गर्न आह्वान गरेका हुन् ।
येक्तेनले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, ‘वार्ताको कुनै जानकारी संघर्ष समितिलाई छैन । यी पूर्वघोषित आन्दोलनका कार्यक्रमहरु हरेक स्थानमा हरेक दिन ससक्त र अझ कडा रुपमा बढाउनुहुन सम्पुर्णमा अनुरोध गर्दछु । सबै आन्दोलनकर्मीहरूमा वार्ताको भ्रममा नपर्नुहुन अनुरोध गर्दछु ।’
पदम लिम्बु लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न र क्षतिपूर्ति दिने सरकारलाई माग गर्दै कोशी प्रदेश नाम खारेजी नभई शव नबुझ्ने संघर्ष समितिले जनाएको छ । लाजेहाङ आबद्ध पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले लाजेहाङलाई शहीद घोषणा नगरिए अर्को विद्रोह शुरु हुने चेतावनी दिएका छन् । उनले पहिचानको आन्दोलनलाई कमजोर नठाउन्न सरकारलाई चुनौती दिदैं कोशी खारेजी नगरिएमा देशमा युद्ध हुने बताए । यसैगरी सहित्यकार राजन मुकारुङ्, कियाचू महासचिव निरन्ती तुम्बापो लगायत विभिन्न राजनीति कर्मी, अभियान्ताहरुले समेत सामाजिक संजाल मार्फत विरोध जनाएका छन् ।
गत चैत ५ गते कोशी प्रदेश नामकरणविरुद्ध बिराटनगरमा भएको विशाल जनप्रदर्शनको क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बु सुक्वाबा लाजेहाङको उपचारको क्रममा शुक्रबार मृत्यू भएको छ । लाजेहाङको मृत्यु पछि संघर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रमहरु घोषणा गरेर सडकमा उत्रिएका छन् । शुक्रबार कोणसभा, शनिबार चक्काजाम, आइतबार देखि मंगलबारसम्म स्थानीय पालिकाहरुमा ज्ञापनपत्र र १४ गते देखि १७ गतेसम्म पालिकाहरुमा तालावन्दी लगायतका कार्यक्रमहरु संघर्ष समितिले सार्वजनिक गरेको छ ।
यसैवी शनिबार संयुक्त संघर्ष समितिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । सो लगत्तै लाजेहाङको घटनाका बारेमा छानबिन गर्न संघीय गृह मन्त्रालयले शनिबार गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समिति गठनको संघर्ष समितिले आपत्ती जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...