चैत्र २५ देखि संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने

 लिम्बुवान न्युज
                       

दमक, १६ चैत्र । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीले निर्णायक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि प्रदेश राजधानी विराटनगर केन्द्रित निर्णायक आन्दोलन घोषणा गरेका हुन् ।

समितिले एसईई परीक्षालाई ध्यानमा राख्दै त्यसअघि आन्दोलन नगर्ने निर्णय गरिएको जनाइएको छ । विद्यालयहरुमा चैत १७ देखि २५ गतेसम्म एसईई परीक्षा हुँदैछ । परीक्षालाई प्रभावित हुन नदिन ध्यानकेन्द्रित गर्दै कार्यक्रम स्थगन गरिएको जनाइएको छ । परीक्षापछि निर्णायक आन्दोलन गर्ने समितिले तयारी गरेको बताइएको छ ।

चैत्र ५ गते विराटनगरको जनप्रदर्शनका क्रममा मृत्यु भएका मोरङका पदम लिम्बू लाजेहाङलाई सहिद घोषणा गरी क्षतिपूर्तिको सुनिश्चित नगरेसम्म शव पोस्टमार्टम नगरिने किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए । “सरकारलाई दवाव दिन चैत्र २५ गतेपछि भने निर्णायक आन्दोलन गर्ने निणर्य भएको छ ।” उनले भने । समितिले आन्दोलनबारे संयुक्त राष्ट्रसंघ, विदेशी कुटनीतिक नियोग र मानवअधिकार आयोगलाई आन्दोलनबारे औपचारिक जानकारी गराउने निणर्य गरेको छ ।

यसैगरी साहित्यिक कार्यक्रम, जिल्ला र नगर गाउँ जागरणका अभियान सञ्चालन गर्ने पनि तय भएको राईले बताउनुभयो । यस अवधिमा प्रदेशका सांसदका कार्यक्रममा अवरोध र बहिष्कार गर्ने कार्यक्रम भने जारी न्र रहने बताइएको छ । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोसी राखेसँगै पहिचानवादी आन्दोलनमा छन् ।

यसैगरी स्थानीय तह तालाबन्दीलाई संघर्ष समितिले निरन्तर गरिरहेको छ । विहीबारमात्र धरान उपमहानगर, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, झापाको शिवसताक्षी नगरपालिका, ताप्लेजुङको मेरिङदेन लगायत विभिन्न पालिका र वडापालिकाहरुमा तालावन्दी गरिएको संघर्ष समितिले जनाएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...