फालेलुङमा छैठाैं चाैंरी पर्यटन महाेत्सव हुँदै

 लिम्बुवान न्युज
                       

फेदेन / पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजना हुने छैठौं चौंरी पर्यटन महोत्सव यसपटक चैत ३० गते देखी वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रत्येक नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको महोत्सव यो वर्ष जिल्लाको फालेलुङ ४ चारराते भन्ने स्थानमा आयोजना गर्न लागिएको हो । महोत्सवका मुख्य क्रियाकलाप र प्रदर्शनी वैशाख १ गते नै सम्पन्न गर्ने आयोजकको तयारी छ ।

हिमाली क्षेत्रमा रहेका चौंरी गाई र तिनका प्रजातीको संरक्षणसँगै चौंरीजन्य उत्पादनहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले फालेलुङ गाउँपालिकाको प्रवर्द्धनमा २०७४ सालदेखि यो महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवमा पाँच सयभन्दा धेरै चौंरी र याकको प्रदर्शनीसँगै चौंरी र भेडाजन्य उत्पादनका स्टल राखिने आयोजक दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिए । स्टलमा चौंरीको दूधबाट निर्मित घिउ, छुर्पी, चीजसँगै रौंबाट निर्माण भएका वस्त्र र हिमाली संस्कृति झल्काउन वस्तु राखिनेछन् ।

महोत्सवमा नेपालका विभिन्न जिल्लासँगै भारतको पञ्जाव, वेस्टबंगाल, कोलकत्तासँगै भटान हुँदै विभिन्न मुलुकका आन्तरिक र बाह्य गरी दुई हजारभन्दा धेरै नागरिक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ । यो वर्ष फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीपज्योती युवा क्लबको आयोजनामा महोत्सव आयोजना हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...