सिएम कन्दङ्वा स्मृति प्रतिभा सम्मानबाट भट्टराई, फागो र राई सम्मानित हुँदै

,   लिम्बुवान न्युज
                       

मोरङको पथरीस्थित सिएम कन्दङ्वा स्मृति कोषले यस वर्ष ३ जना प्रतिभाहरुलाई विभिन्न सम्मानले सम्मानित गर्ने भएको छ ।

कोषले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार प्राद्यापक डा. गोबिन्दराज भट्टराईलाई सिएम कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिने छ ।

भट्टराई अनुवाद साहित्य र उत्तर आधुनिक चिन्तनका लागि ख्याति कमाएका प्रतिभा हुन ।

त्यस्तै सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान यस वर्ष संगीतकार एवम संगीत प्रशिक्षक अनिल फागोलाई प्रदान गर्न लागिएको कोषले जनाएको छ ।

फागो विगत करिब डेढ दशकदेखि झापाको दमकमा सुरभी कलाकेन्द्र सञ्चालन गरेर संगीत प्रशिक्षण दिँदै र गीत संगीतको क्षेत्रमा काम गर्दै आएका छन ।

त्यस्तै कोषले यस वर्षदेखि प्रदान गर्न लागेको शुसिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान भने पथरीमै रहेर बिगत २ दशकदेखि पत्रकारितामा योगदान गर्दै आएका पत्रकार अर्जुन जम्नेली राईलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

राई पत्रकारिताका अतिरिक्त पहिचान र अधिकार प्राप्तिको अभियानमा समेत लागि परेका युवा व्यक्तित्व हुन् । किरात राइ यायाेक्खाका उपमहासचिव समेत रहेका राइ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ का पूर्व अध्यक्ष समेत हुन् ।

कोषले जनाए अनुसार तीनै जना प्रतिभालाई यहि चैत २९ गते एक समारोहकाबीच एभरेष्ट अंग्रेजी आवासीय माविको सभाहलमा सम्मान प्रदान गरिने छ ।

पूर्वका राजनीतिक चिन्तक, साहित्य र शिक्षाका क्षेत्रमा योगदान गरेका व्यक्तित्वस्वर्गीय सिएम कन्दङ्वाको नाममा सिएम कन्दङ्वा स्मृति कोष एभरेष्ट माविलेसञ्चालन गरेको हो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;