झापामा बहुलवाद राष्ट्र निर्माण सम्बन्धि दुई दिने प्रशिक्षण चल्दै

 लिम्बुवान न्युज
                       

झापा, २४ चैत्र । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले पहिचानको नामबाट जनमत सिर्जना गरे पनि पूर्वका किरातीहरुलाई धोका दिएको बताएका छन् ।

पहिचान पक्षद्दर ६ घटकद्वारा झापाको चारआली स्थित चुम्लुङ भवनमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि केपी पालुङ्वाले लोकतन्त्रमा मात्र होइन पञ्चायतदेखि बहुदलसम्म आदिवासी जनजातिलाई झुक्याइरहे लोकतन्त्रमा पनि झुक्याएको बताए । पालुङ्वाले एकता र आन्दोलनका विषयमा आफ्ना भनाइ राखेका थिए ।

अर्का नेता सञ्जुहाङ पालुङ्वाले बहुलवाद र राष्ट्र विद्रोहको विषयमा प्रशिक्षण प्रदान गर्दै गाउँका जनता सचेत नभइञ्जेल ठूला दलले धोका दिइरहने बताए । प्रशिक्षणमा पूर्व क्षेत्रका एक सय ७ जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षणपछि अन्तरक्रियामा अधिकांश सहभागिले संगठनलाई सशक्त बनाएर प्रदेश नामाङ्कनको विषयमा एउटै नाम लिएर अगाडि बढ्न सुझाव दिएका थिए ।

शनिबार हुने कार्यक्रममा रामु परियार, एलब पालुङ्वा, विष्णु थाङदेन, पदम जवेगु, लासिम लगायतले प्रशिक्षण दिने भएको जनाएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...