शनिबार शहीद लाजेहाङकाे शव अन्त्येष्टि गरिने

 लिम्बुवान न्युज
                       


दमक, ६ वैशाख । पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय भएको छ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङ्घर्ष समितिले परिवारसँग सवन्वय गरी शव अन्त्येष्टि गर्ने जनाएको हो ।

अन्त्येष्टिको लागि शव यात्रा गर्दा ९ गते विहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरेर सुरुवात गरी ११ बजे इटहरीमा श्रञ्द्धाञ्जली अर्पण गर्ने र १२ः३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेशसभा परिक्रमा गराउँदै २ः३० बजे शहीद लाजेहाङको घर बेलबारी पुर्याउने र ४ बजे शवको अन्तिम संस्कार गर्ने संघर्ष समितिले जनाएको छ ।

संयुक्त संघर्ष समितिको मंगलबार बसेको जुम बैठकले शवको अन्तयेष्टि गर्ने निर्णय गरेको हो । चैत्र ५ गते विराटनगरमा प्रदेश नं. १ को नाम कोशी खारेजीको माग गर्दै आयोजित बृहत जनप्रदर्शनको क्रममा प्रहरीको लाठ्ठी प्रहारबाट टाइकोमा गम्भीर चोट लागि घाइते भएका लिम्बुको उपचारको क्रममा धरानस्थित बि.पि. मेमोरियल प्रतिष्ठानमा निधन भएको थियो ।

संघर्ष समितिले शवलाई घोपास्थित मर्चरीमा राखी निरन्तर आन्दोलन गरिरहेको छ । सरकारले लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्दै १० लाख क्षतिपुर्ति दिने निर्णय गरेको छ । सरकारले आन्दोलनकारीहरुको मागलाई भने सम्बोधन नगरेको हुँदा आन्दोलनलाई पुन निरन्तरता दिने संघर्ष समितिले शनिबार जारी गरेको विज्ञप्ति उल्लेख गरेको छ ।

बैठकपछि जारी बिज्ञप्तिमा बैशाख १० गते इटहरीमा र वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जनाएको छ ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;