शनिबार शहीद लाजेहाङकाे शव अन्त्येष्टि गरिने

 लिम्बुवान न्युज
                       


दमक, ६ वैशाख । पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय भएको छ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङ्घर्ष समितिले परिवारसँग सवन्वय गरी शव अन्त्येष्टि गर्ने जनाएको हो ।

अन्त्येष्टिको लागि शव यात्रा गर्दा ९ गते विहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरेर सुरुवात गरी ११ बजे इटहरीमा श्रञ्द्धाञ्जली अर्पण गर्ने र १२ः३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेशसभा परिक्रमा गराउँदै २ः३० बजे शहीद लाजेहाङको घर बेलबारी पुर्याउने र ४ बजे शवको अन्तिम संस्कार गर्ने संघर्ष समितिले जनाएको छ ।

संयुक्त संघर्ष समितिको मंगलबार बसेको जुम बैठकले शवको अन्तयेष्टि गर्ने निर्णय गरेको हो । चैत्र ५ गते विराटनगरमा प्रदेश नं. १ को नाम कोशी खारेजीको माग गर्दै आयोजित बृहत जनप्रदर्शनको क्रममा प्रहरीको लाठ्ठी प्रहारबाट टाइकोमा गम्भीर चोट लागि घाइते भएका लिम्बुको उपचारको क्रममा धरानस्थित बि.पि. मेमोरियल प्रतिष्ठानमा निधन भएको थियो ।

संघर्ष समितिले शवलाई घोपास्थित मर्चरीमा राखी निरन्तर आन्दोलन गरिरहेको छ । सरकारले लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्दै १० लाख क्षतिपुर्ति दिने निर्णय गरेको छ । सरकारले आन्दोलनकारीहरुको मागलाई भने सम्बोधन नगरेको हुँदा आन्दोलनलाई पुन निरन्तरता दिने संघर्ष समितिले शनिबार जारी गरेको विज्ञप्ति उल्लेख गरेको छ ।

बैठकपछि जारी बिज्ञप्तिमा बैशाख १० गते इटहरीमा र वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जनाएको छ ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...