सहिद लाजेहाङको शवयात्रामा प्रहरीले गरेको दमनको समितिद्वारा निन्दा

 लिम्बुवान न्युज
                       

दमक, १० वैशाख । सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद पदम कुमार लिम्बु (लाजेहाङ) को मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा गरिएको छ।

आन्दोलनरत ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले बिज्ञप्ति जारी गर्दै सो माग गरेको हो । बिज्ञप्ति मा भनिएको छ, `सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद लाजेहाङको शव यात्रा जस्तो मृत्यु संस्कारमा प्रहरीले गरेको नृशंस आक्रमण र निहत्था मलामीमाथि घरका छतमाथिबाट रबरका गोली र अश्रुग्यासले आक्रमण गर्नु गम्भीर मानवअधिकार उलङ्घनको कुकृत्य भएकाले यसमा मानअधिकारकर्मीहरू समेतले ध्यान दिन ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ ध्यान आकर्षण गराउँदछ ।´

वैशाख ९ गते नेपालको सङ्घीयता कार्यान्वयन पछिको पहिलो पहिचानवादी सहिद ‘लाजेहाङ’को अन्त्येष्टि संस्कार खातिर धरानदेखि – इटहरी – विराटनगर –बेलबारी रुटमा शव यात्रा गर्ने समय र प्रक्रिया बारेमा प्रहरी प्रशासनसँग समन्वय गरेको अवस्थामा समेत शव यात्रा गरिरहेको अवस्थामा विराटनगर रोडशेषमा पुग्दा प्रहरीले एक्कासी अवरोध गरी घरका छतबाट दर्जनौँ रबरका गोली र सयौँ अश्रुग्यास सेलहरू प्रहार गरी मलामीहरूलाई घाइते बनाएको साथै मृत्यु संस्कार कर्म गर्नमा पुर्‍याएको अवरोधप्रति संघर्ष समितिले खेद व्यक्त गर्दै तीब्र निन्दा गरेको छ ।

शव यात्रामा सहभागी निहत्था मलामीहरूमाथि प्रहरीले अन्धाधुन्द रबरका गोली र अश्रुग्यास प्रहार गर्दा किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष देवान राईको टाउकोमा चोट, इटहरीकी दया राईको खुट्टोमा गम्भीर घाउ, किरात याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनको ढाडमा घाउ, इटहरीका डेनिज राईको हात फ्रयाक्चर, सन्त (राजकुमार) सेर्माको खुट्टोमा गहिरो घाउचोट, विराटनगरका चन्द्रकुमार राईको खुट्टोमा गम्भीर घाउ, मनिता याक्खा, ताप्लेजुङका मोमु केछाङ, खगेन याक्खा लगायतलाई गम्भीर घाउचोट लागेर उपचाररत रहेको बताइएको छ  ।
संघर्ष समिति प्रदेश नाम कोशी  खारेज गरी  ऐतिहासिक पृष्ठभूमि तथा प्राचीन सभ्यता र पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर्नुपर्ने माग गर्दै आएको छ ।

संघर्ष समितिको कार्यक्रम येस्तो थियो 

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को बैठक  बैशाख ५ गते बसी पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई  वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय थियो । अन्त्येष्टिको लागि शव यात्रा गर्दा ९ गते विहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरेर सुरुवात गरी ११ बजे इटहरीमा श्रञ्द्धाञ्जली अर्पण गर्ने र १२:३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेश सभा परिक्रमा गराउँदै २:३० बजे सहिद लाजेहाङको घर बेलबारी पुर्याउने र ४ बजे शवको अन्तिम संस्कार गर्ने कार्यक्रम तय गरिएको थियो ।

आज (बैशाख १० गते) इटहरीमा र वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...