काेशी प्रदेश विरूद्ध आजबाट हुने कार्यक्रम केही दिनलाइ स्थगनः निर्णायक आन्दाेलनकाे तयारी थाल्न वार्डवार्डमा संघर्ष समिति गठन

 लिम्बुवान न्युज
                       

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समन्वय समितिले बैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलन स्थगन भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै समितिले साेमबारदेखिकाे जनप्रदर्शन नगर्ने जनाएकाे हाे ।

पुर्व निर्धारित आन्दोलनलाई कोशी  प्रदेश सभाको बैठक केन्द्रित गर्ने भएको छ । `यो अवधिमा सरकारको मौनताले आन्दोलनरत जनता अझ आक्रोशित अवस्थामा रहेका छन्`बिज्ञप्तिमा भनिएको छ,´यसैबिच वैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलनलाई प्रदेश सभाको बैठक केन्द्रित गरी सो बैठकबाट प्रदेशको ‘कोशी’ नाम खारेज गराउने गरी र प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानसहितको पुन: नामकरण गर्ने गराउने गरी निर्णायक आन्दोलन गर्ने रणनीति बनाउँदै आन्दोलन केही समयका लागि सारिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।´ जारी विज्ञप्तिमा उल्लेख छ ।

वैशाख ११ देखि २१ गतेसम्म संयुक्त सङ्घर्ष समिति गठन हुन बाँकी रहेका प्रदेशको हरेक वडा वडामा समिति गठन गरिसक्ने, पूर्व घोषित कार्यक्रमहरू प्रदेशको मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, ८२ जना प्रदेश सभा सदस्यहरूलाई कालो झण्डा देखाउने, सरकारी कार्यालयहरूमा कोशी लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प नचलाउने, हटाउने र पालिकाहरूमा ‘कोशी’ नाम विरुद्धको कार्यक्रमहरू निरन्तर गर्ने विज्ञप्तिमा भनिएकाे छ ।

यसैगरी ‘कोशी’ प्रदेश नाममा मत दिएका प्रदेश सांसदहरूलाई भेटेर हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने । ८२ सांसदहरूको विरुद्धमा विरोध सभा गर्ने र विराटनगरमा ती सांसदहरूलाई कोठा भाडामा नदिन घरवालाहरूलाई अनुरोध गर्ने कार्यक्रम समेत गरिने जनाएइएकाे छ ।

सङ्घर्षरत सङ्गठनका नेताहरू गाउँगाउँ गएर “कोशी नाम खारेजी अभियान” सञ्चालन गर्दै निर्णायक आन्दोलनको तयारी मा जुट्न समेत विज्ञप्ति मार्फत भनिएकाे छ ।

प्रेस विज्ञप्ति

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...