पहिचान माग्दा थारुलाई जातीय आरोप लगाई जेल हालियोः रेशम चौधरी

 लिम्बुवान न्युज
                       


काठमाडौं, २१ जेष्ठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारुहरुले आफ्नो परिचान माग्दा जातियवादको आरोप लाग्ने गरेको बताएका छन् । आइतवार तुलसीपुरमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले आफुहरु जातीयवादी नभएको प्रष्ट पार्दै केही साथीहरु अतिवादमा लागेको बताएका हुन् ।
चौधरीले जसको घर बोर्डरमा पर्दैन, जसको जग्गा वोर्डरमा पर्दैन, जसलाई दुई देशका व्यक्तिले सताएनन् उनीहरु नै अहिले अति राष्ट्रवादी ठहरिने गरेको बताए । उनले दुई देशबीचको वोर्डरमा बसेर आफ्नो देशको सिमा रक्षा गर्ने व्यक्ति थारुहरु नै रहेको बताए ।
जुब बेला यो देशमा राज्यसंग सिमाना जोगाउनको लागि बोर्डरमा गाड्ने खम्बा नै थिएन, पर्याप्त मात्रामा शुरक्षाकर्मी समेत थिएनन् त्यसबेला थारु समुदायले सालको खम्बा गाडेर यो देशलाई सिमाना बचाएको बताए । तर आज तिनै देश जोगाउनेहरुले आफ्नो पहिचान थरुहट प्रदेश माग गर्दै गर्दा जातीयवादको संज्ञा दिर्दै निर्दोषहरुलाई जेलमा राखेको उनले आरोप लगाए ।
चौधरीले भने ‘हामीले मान्छे मारेका हैनौ, मान्छे जसले मार्यो खोजेर ल्याउ, टिकापुर घटना कुनै एउटा बन्द कोठामा भएको घटना होईन, टिकापुर घटना ३०औं हजार जनता देखेका छन् । ति जनताले देखेका छन् कस्ले कस्लाई मार्यो भनेर जसले मार्यो उसलाई जेल राख्नुस्, तर हामी खेतबारीमा काम गरिरहेका किसानलाई झुठो आरोपमा जेल हालियो । म त्यो घटना हुँदा गुलरियामा थिए मलाई पनि त्यही घटनामा मुछियो’ ।
उनले अब नागरिक उनमुक्ति पार्टी पछि नपर्ने पनि बताए । हाम्रो पार्टी पछि प्रर्दैन किन की यो थरुहटको पहिचानसंग जोडिए पार्टी हो, ढकिया चिन्ह थारुहरुको पहिचान हो, उनले भने । साथै चौधरीले आफु जेलबाट बाँचेर फर्किन्छु भन्ने कल्पना समेत नगरेको बताए । तर पनि आफुलाई कहिले कमजोर नठानेको उनको भनाई छ । चौधरीले अबको बचेको जिन्दगी थारुहरुको पहिचानका साथै आदिवासी जनजाति, मधेशी, मुश्लिम, उत्पीडित लगायत पछाडी परेको वर्गको लागि लड्ने बताए ।
उनले भने ‘मेरो यो दोस्रो जीवन हो, त्यस कारण म पहिचानको लागि लड्छ, नागरिक उन्मुक्ति पार्टी र चुनाव चिन्ह ढकियाको लागि लड्छु ।’ हजारौंको सहभागिता रहेको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ चौधरीलाई अभिनन्दन गरेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...