पहिचान माग्दा थारुलाई जातीय आरोप लगाई जेल हालियोः रेशम चौधरी

 लिम्बुवान न्युज
                       


काठमाडौं, २१ जेष्ठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारुहरुले आफ्नो परिचान माग्दा जातियवादको आरोप लाग्ने गरेको बताएका छन् । आइतवार तुलसीपुरमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले आफुहरु जातीयवादी नभएको प्रष्ट पार्दै केही साथीहरु अतिवादमा लागेको बताएका हुन् ।
चौधरीले जसको घर बोर्डरमा पर्दैन, जसको जग्गा वोर्डरमा पर्दैन, जसलाई दुई देशका व्यक्तिले सताएनन् उनीहरु नै अहिले अति राष्ट्रवादी ठहरिने गरेको बताए । उनले दुई देशबीचको वोर्डरमा बसेर आफ्नो देशको सिमा रक्षा गर्ने व्यक्ति थारुहरु नै रहेको बताए ।
जुब बेला यो देशमा राज्यसंग सिमाना जोगाउनको लागि बोर्डरमा गाड्ने खम्बा नै थिएन, पर्याप्त मात्रामा शुरक्षाकर्मी समेत थिएनन् त्यसबेला थारु समुदायले सालको खम्बा गाडेर यो देशलाई सिमाना बचाएको बताए । तर आज तिनै देश जोगाउनेहरुले आफ्नो पहिचान थरुहट प्रदेश माग गर्दै गर्दा जातीयवादको संज्ञा दिर्दै निर्दोषहरुलाई जेलमा राखेको उनले आरोप लगाए ।
चौधरीले भने ‘हामीले मान्छे मारेका हैनौ, मान्छे जसले मार्यो खोजेर ल्याउ, टिकापुर घटना कुनै एउटा बन्द कोठामा भएको घटना होईन, टिकापुर घटना ३०औं हजार जनता देखेका छन् । ति जनताले देखेका छन् कस्ले कस्लाई मार्यो भनेर जसले मार्यो उसलाई जेल राख्नुस्, तर हामी खेतबारीमा काम गरिरहेका किसानलाई झुठो आरोपमा जेल हालियो । म त्यो घटना हुँदा गुलरियामा थिए मलाई पनि त्यही घटनामा मुछियो’ ।
उनले अब नागरिक उनमुक्ति पार्टी पछि नपर्ने पनि बताए । हाम्रो पार्टी पछि प्रर्दैन किन की यो थरुहटको पहिचानसंग जोडिए पार्टी हो, ढकिया चिन्ह थारुहरुको पहिचान हो, उनले भने । साथै चौधरीले आफु जेलबाट बाँचेर फर्किन्छु भन्ने कल्पना समेत नगरेको बताए । तर पनि आफुलाई कहिले कमजोर नठानेको उनको भनाई छ । चौधरीले अबको बचेको जिन्दगी थारुहरुको पहिचानका साथै आदिवासी जनजाति, मधेशी, मुश्लिम, उत्पीडित लगायत पछाडी परेको वर्गको लागि लड्ने बताए ।
उनले भने ‘मेरो यो दोस्रो जीवन हो, त्यस कारण म पहिचानको लागि लड्छ, नागरिक उन्मुक्ति पार्टी र चुनाव चिन्ह ढकियाको लागि लड्छु ।’ हजारौंको सहभागिता रहेको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ चौधरीलाई अभिनन्दन गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;