अब कोही नेपाली नागरिक भूमिहीन भएर बस्नु पर्दैन – मन्त्री श्रेष्ठ

 लिम्बुवान न्युज
                       


दमक, २४ जेष्ठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छिन् ।

आज (बुधबार) इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा प्रदान गरिन् ।
दुई छुट्टाछुट्टै कार्यक्रममा इलामको चुलाचुली गाउँपालिकाका २५ परिवार र झापाको कन्काई नगरपालिकाका–२९ जनाले पुर्जा पाएका हुन् ।

मन्त्री श्रेष्ठले लामो समयदेखि सुकुम्वासी भएर बसेकाहरुलाई आफु मन्त्री बनेपछि प्राविधिक काम सकेर पहिलोपटक भूमिहिनहरुलाई पुर्जा बितरण सुरु गरेको बताउँदै अब देशभर यो अभियान सुरु गर्ने उनले बताइन् ।

‘यो देशमा हजारौं भूमिहीन, दलित तथा सुकुम्वासीहरु हुनुहुन्छ, उहाँहरुको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरुलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहीनहरुलाई जमिन उपलब्ध गराउनका निम्ति स्पिडमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिंदैछ । आजदेखि औपचारिक रुपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गर्यौं, यो अभियान देशभर चुस्तदुरुस्त जान्छ ।’

भूमिहीन दलित सुकुम्वासीहरुलाई भूमिमाथिको पहुँच पु¥याउने उद्देश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको मन्त्री श्रेष्ठले बताइन् । इलामको चुलाचुली गाउँपालिका र झापाको कन्काई नगरपालिकाले छुट्टाछुट्टै कार्यक्रम गरि भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नहेन्द्रं खड्का, स्थानीय तहका प्रमुखहरु र राजनैतिक दलका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...