पहिचानवादी आन्दोलनको बैंक खाता प्रहरीले रोक्यो

 लिम्बुवान न्युज
                       

दमक, ११ असार । प्रदेश नं. १ काे नाम कोशी खारेजी आन्दोलनको लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकमा खोलिएको खाता प्रहरीले रोक्का गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले पत्र काट्दै बैंक खाता रोक्का गरिएको कुरा बाहिरीएको छ ।  पत्रमा कोशी प्रदेश नामाङ्करणको विषयलाई लिई भई रहेको आन्दोलनमा सहयोग गर्नको लागी भनी ग्लोबल आई. एम. ई. आई. बैंक लि शाखा कार्यालय गठ्ठाघर भक्तपुरकोमा २५५०७०१००२१८७२ को खाता खोलेको भन्ने बुझिन आएकोले उक्त खाता अनुसन्धानको सिलसिलामा रोक्का राखिदिने व्यवस्था गरिदिनहुन अनुरोध गरिएको छ ।”

प्रहरीले ग्लोबल आइएमइ बैंक शाखा कार्यालय भक्तपुरलाई रोक्काको पत्र काट्दै लेखेपछि प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले त्यसकाे विराेध जनाएकाे विभिन्न सामाजिक संजालहरूमा अभिव्यक्तिहरू दिइ रहेका छन् । राज्यले पहिचानवादीहरूलाइ अातङ्कित पार्ने काम बन्द गर्नु पर्छ नभए अरू थप कडा अान्दाेलन हुन सक्ने प्रमुख नेतृत्वकर्ताहरूले बताएका छन् । उनीहरूले खाता सुचारू गराउन गराउन समेत अनुराेध गरेका छन् ।

 

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;