लिम्बु कथानक चलचित्र ‘के २’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौ । लिम्बु चलचित्र ‘के-२’ सार्वजनिक भएको छ । सोमबार ललितपुर नखिपोटस्थित एनएस सेकुवा घरमा आयोजित ‘प्रदेशको नाम कोशी खारेजी आन्दोलन अन्तर्गत चलचित्र के-२ सार्वजनिकीकरण कार्यक्रम’ आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो ।

चलचित्र याक्थुङ फिल्म्स् युटुब च्यानलबाट सार्वजनिक भएको छ। याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेको थियो । उक्त चलचित्रले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ । चलचित्र ‘के’ को सफलतापछि ‘के-२’ निर्माण गरिएको याक्थुङ फिल्म्सले जनाएको छ ।

सागर केरुङ लेखन/निर्देशन रहेको चलचित्र के-२ को निर्माता सबु लिम्बु थाम्सुहाङ् हुन् । चलचित्रमा छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, श्रीङ्गार अमृता जबेगु, ब्याकराउन्ड म्युजिक बुद्धराज लिम्बुको रहेको छ ।

चलचित्रको मुख्य भूमिकामा यासेली योङ्हाङ, बिमला खजुम रहेका छन् । यस्तै, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले यस चलचित्रमा अभिनय गरेका छन् ।

यस चलचित्रमा लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले  चलाउन नपाएको बिषयसँगै कोशी नामकरण खारेजीको विषयलाई उठान गरिएको छ ।

सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, किरात याक्थुङ चुम्लुङ युकेका पूर्व अध्यक्ष काजिमान यक्सो, जर्नेल होमित लावती, संघीयवादी नेता विष्णु यक्सो लगायतले चलचित्रमाथी बोलेका थिए ।

चलचित्र हेर्नुहोस् :

सम्बन्धित समाचार

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...