लिम्बु कथानक चलचित्र ‘के २’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौ । लिम्बु चलचित्र ‘के-२’ सार्वजनिक भएको छ । सोमबार ललितपुर नखिपोटस्थित एनएस सेकुवा घरमा आयोजित ‘प्रदेशको नाम कोशी खारेजी आन्दोलन अन्तर्गत चलचित्र के-२ सार्वजनिकीकरण कार्यक्रम’ आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो ।

चलचित्र याक्थुङ फिल्म्स् युटुब च्यानलबाट सार्वजनिक भएको छ। याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेको थियो । उक्त चलचित्रले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ । चलचित्र ‘के’ को सफलतापछि ‘के-२’ निर्माण गरिएको याक्थुङ फिल्म्सले जनाएको छ ।

सागर केरुङ लेखन/निर्देशन रहेको चलचित्र के-२ को निर्माता सबु लिम्बु थाम्सुहाङ् हुन् । चलचित्रमा छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, श्रीङ्गार अमृता जबेगु, ब्याकराउन्ड म्युजिक बुद्धराज लिम्बुको रहेको छ ।

चलचित्रको मुख्य भूमिकामा यासेली योङ्हाङ, बिमला खजुम रहेका छन् । यस्तै, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले यस चलचित्रमा अभिनय गरेका छन् ।

यस चलचित्रमा लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले  चलाउन नपाएको बिषयसँगै कोशी नामकरण खारेजीको विषयलाई उठान गरिएको छ ।

सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, किरात याक्थुङ चुम्लुङ युकेका पूर्व अध्यक्ष काजिमान यक्सो, जर्नेल होमित लावती, संघीयवादी नेता विष्णु यक्सो लगायतले चलचित्रमाथी बोलेका थिए ।

चलचित्र हेर्नुहोस् :

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...