आङ्बोकाे नेतृत्वमा प्रदेश १ मा नयाँ गठबन्धन सरकार बन्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं, १७ असार ।  प्रदेश १ मा हिक्मत कार्की नेतृत्वको नेकपा एमालेको सरकार ढलेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । शुक्रबार विश्वासकाे मत गुमाएसँगै कार्की नेतृत्वको सरकार ढलेकाे हाे ।

गठबन्धन दल नयाँ सरकार गठनका लागि छलफलमा जुटेको छन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरे लगत्तै गठबन्धन दलले दाबी गर्ने जनाएको छ ।

शुक्रबार भएको विश्वासको मत विभाजनका क्रममा कार्कीले प्रस्ताव गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा ४६ मत खसेपछि कार्की सरकार ढलेको हो ।

एक नेताका अनुसार नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार गठनका लागि गठबन्धनले तयारी गरेको छ । ति नेताले भने– ‘नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धन दलबीच आधारभूत रूपमा सहमति भएको छ । अहिलेकै सन्दर्भमा आङ्बोजीको नेतृत्वमा सरकार गठन गर्ने आधारभूत सहमति जुटेको छ । तर, यो नै हाे भन्ने होइन ।’

आङ्बोको नेतृत्वमा सरकार गठन हुने अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दा तटस्थ बसेको जनता समााजवादी पार्टी (जसपा)ले समर्थन गर्ने जनाएको छ । जसपाका केन्द्रीय सदस्य लाेकसागर साम्बाका अनुसार काेशी खारेजी र पुनः नामाङकनकाे लागी जुन पक्षले सहमती गर्छ उसलाइ समर्थन गर्ने वताए ।

त्यसै गरी, मुख्यमन्त्रीमा आलोपालो हुने अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत समर्थन गर्न सक्ने स्राेतले जनाएकाे छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;