‘जारी’ले १०० दिन मनाउँदै

 लिम्बुवान न्युज
                       

 

काठमाडाैं, ३ साउन ।  केही दशक अघि नेपाली चलचित्रका लागि प्रदर्शनको एकाउन्नौं र सय दिन सामान्य मानिन्थ्यो । न्यून संख्यामा फिल्म बन्ने हुँदा प्रायः फिल्म हलमा लामो समयसम्म टिक्थे । तर, डिजिटल युगको प्रारम्भसँगै नेपाली फिल्मको आयू एक हप्तामा आइपुगेको छ । यद्यपि, वर्षमा एकाध फिल्मले प्रदर्शनको ५१औं दिन मनाउने गरेका छन् । प्रदर्शनको सय दिन त विस्तारै एकादेशको कथाझैं हुन थालेको छ ।

यसबीच लिम्बु कथामा बनेकाे चलचित्र ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाउने भएको छ । यसअघि २०७५ सालमा दुईवटा हलमा चलचित्र ‘शत्रु गते’ले प्रदर्शनको सय दिन मनाएको थियो । गत बैशाख १ गते प्रदर्शनमा आएको ‘जारी’ले ब्लकबस्टर व्यापार गर्दै सय दिनको यात्रा तय गर्न लागेको हो ।

काठमाडाैं स्थित नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा ‘जारी’ले सय दिन मनाउने निश्चित भएकाे छ ।

मंगलबार ९६औं दिनमा प्रदर्शनरत फिल्मलाई क्यूएफएक्स चेनले यतिबेला प्रत्येक दिन १ शो दिइरहेको छ । साउन ६ गते फिल्मले प्रदर्शनको सय दिन मनाउनेछ । ठूला विदेशी र स्वदेशी फिल्मका बावजूद ‘जारी’ले सय दिन मनाउन लाग्नु आफैंमा ठूलो उपलब्धि हो । चलचित्रका वितरक मनोज राठीले ८०/९० दिनसम्म पोखरा, चितवन, विर्तामोडका हलहरुले पनि चलचित्र प्रदर्शन गरेको बताएका छन् ।

विदेशी भूमिमा समेत आक्रामक कमाई गरेको फिल्मले सोमबार दार्जिलिङमा प्रदर्शनको ५१औं दिन मनाएको जानकारी प्राप्त छ । पहिलो पटक भारतमा नेपाली फिल्मले यो इतिहास रचेको हो । उपेन्द्र सुब्बाको निर्देशन तथा राम बाबु गुरूङले निर्माण गरेकाे जारी चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बालगायतको अभिनय छ । फिल्मले घरेलू बजारमा साढे १४ करोड भन्दा बढीकाे व्यापार गरेकाे छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...