धरानमा निषेधाज्ञा जारी : दलहरुले सद्धभावकाे लागि निकाले र्याली

 लिम्बुवान न्युज
                       


दमक, ८ भदौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।
आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म २४ घण्टा निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

उनले धरान प्रवेश गर्ने मुख्य सडक कोशी राजमार्गमा पर्ने तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताए । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।

‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भने, ‘उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । जसका कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

आज धरानस्थित उद्योग वाणिज्य संघको सभाहलमा धरानस्थित राजनैतिक दलहरुको संयुक्त भेलाले धरानमा देखापरेको धार्मिक, सांस्कृतिक विवादलाई सर्वपक्षीय सर्वदलीय वार्ताको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता गर्दै विज्ञप्ति जारी गरेका छन् । धरानमा रहेका दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माअाेवादी, नेकपा (एस), जनता समाजवादी पार्टी, रास्वपा, राप्रपा, नाउपा (एकीकृत), नेससपा, सलाेराम, जनमुक्ति, किखसपा र विवेकशिल साझा पार्टीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।

दलहरुले सामाजिक सद्भाव कायम भदौं ९ गते गर्ने भनिएको प्रदर्शन सम्बन्धित पक्षलाई स्थागित गर्न समेत आव्हान गरेको छ । आजै दलहरुले धरानमा समाजिक सद्भाग कायम राखौं भन्दै ¥याली समेत निकालेका थिए ।

 

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...