चुम्लुङले कोशी खारेजीको माग राख्दै र्यालीसहित ३५औं स्थापना दिवस मनायो

,   लिम्बुवान न्युज
                       


काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन ¥याली निकालिएको हो ।

कियाचूले कोशी नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामाङकन हुनुपर्ने माग गरेको छ । ३५औं स्थापना दिवसलाई कोशी खारेजीको आन्दोलनको रुपमा मनाउँदै प्रदेशको नाम “लिम्बुवान किरात कायम गर” भन्ने मूल नाराका साथ ¥याली निकालिएको चुम्लुङ महासचिव निरन्ती तुम्बापोले वताइन् ।

जावलाखेल चोकमा ¥याली शुरुहुनु अघि कोशी खारेजी सन्दर्भलाई जोडेर कला प्रदर्शनीको समेत कियाचूले आयोजना गरेको छ । मध्यान्हको १२ बजेबाट ¥याली शुरु भई दिउँसो २ बजे चुम्लुङहिम पुगेर सभामा कार्यक्रम परिणत भएको थियो ।

पूर्व कुलपति तिलविक्रम नेम्बाङ बैरागी काईलाको प्रमुख आतिथ्यतामा आयोजित स्थापना दिवस कार्यक्रममा जनजाति महासंघ लगायत विभिन्न जातीय संघसंस्थाका प्रमुखहरु, सामाजिक तथा बौद्धिक व्यक्तित्वहरु, विभिन्न राजनैतिक दलका प्रमुखहरु र कियाचूका पूर्व अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न लिम्बु याक्थुङ थरगत सयङ्, याक्थुङ युवा मञ्च, लिम्बु विद्यार्थी मञ्च लगायतका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता कियाचू संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा भएको थियो ।

गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो । दुई तिहाइ बढी मतले उक्त नाम पारित गरेको थियो । तर त्यसयता कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ । चुम्लुङ्, किरात राई यायोक्खा, शेर्पा संघ, आदिवासी जनजाति महासंघ, किरात धर्म तथा साहित्य उत्थान संघ लगायत ४० भन्दा धेरै संघसंस्था र राजनैतिक दलहरुले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरि यतिवेला प्रदेश १ मा आन्दोलन गरिरहेको छ ।

कला प्रदर्शनीका तस्वीरहरूः

Exif_JPEG_420

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;