झापामा पहिचानको लागि युवा गठनः सामी पालुङवाको संयोजकत्वमा १५०१ युवा घोषणा

 लिम्बुवान न्युज
                       


दमक, ३० भदौं । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पहिचानको आन्दोलन सशक्त बनाउन झापामा “पहिचानको लागि युवा” दस्ता घोषणा गरेको छ ।
शनिबार बिर्तामोडस्थित सिटि सेन्टरको सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको भेलाले सामी पालुङवाको संयोजकत्वमा १५ सय १ सदस्यीय पहिचानको लागि युवा दस्ता घोषणा गरिएको हो । यसैगरी उक्त भेलाले सह–संयोजकहरुमा सुमन सम्बाहाम्फे, कर्ण राजवंशी र सदस्य सचिवमा गौरिमान राईलाई जिम्मेवारी दिएको छ ।

कार्यक्रममा किरात राई यायोक्खा अध्यक्ष जीवन हताचो, किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष गोविन्द आङबुङ, पहिचान सहितको प्रदेश १ पुनः नामाङकन अभियान अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टी सात घटकका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानु इम्बुङ, आदिवासी जनजाति महासंघ उपाध्यक्ष युवराज जीरेल, नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पा, नागरिक उन्मुक्ति पार्टी एकीकृतका महासचिव दिल कुमार लाओती, जनता समाजवादी पार्टि नेपालका केन्द्रीय सदस्य राइर्, लिम्बुवान राष्ट्रिय समिती मुख्य सचिब केदार धिमाल, पहिचानको लागि युवाका संयोजक भिम राई र सहसंयोजक बिराज आङ्देम्बे लगायतले मन्तव्य राखेका थिए ।
पहिचानवादीहरुको हजारौंको उपस्थितिमा र्यालिसहित कोशि प्रदेश नाम मान्दैनौ, कोशी प्रदेश नाम मुर्दाबाद जस्ता नाराबाजी गर्दै युवा दस्ताहरुले बिर्तामोड बजार मार्चपास सहित परिक्रमा गर्दै मुक्तिचोक छेउमा कोणसभा गरेको छ ।

कार्यक्रमका वक्ताहरुले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ गाउँदेखि सहरसम्म पहिचानको लागि युवा गठन गरिएको वताएका छन् । त्यस्तै युवा दस्ताले कोशी नामकरण खारेजीको आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन स्वयम्सेवकको भूमिका निर्वाह गर्ने संयोजक भिम राई वताए । हालसम्म ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, सुनसरी र झापा गरी ५ वटा जिल्लाहरुमा पहिचानको लागि युवा संगठित भएको जनाइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;