झापामा पहिचानको लागि युवा गठनः सामी पालुङवाको संयोजकत्वमा १५०१ युवा घोषणा

 लिम्बुवान न्युज
                       


दमक, ३० भदौं । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पहिचानको आन्दोलन सशक्त बनाउन झापामा “पहिचानको लागि युवा” दस्ता घोषणा गरेको छ ।
शनिबार बिर्तामोडस्थित सिटि सेन्टरको सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको भेलाले सामी पालुङवाको संयोजकत्वमा १५ सय १ सदस्यीय पहिचानको लागि युवा दस्ता घोषणा गरिएको हो । यसैगरी उक्त भेलाले सह–संयोजकहरुमा सुमन सम्बाहाम्फे, कर्ण राजवंशी र सदस्य सचिवमा गौरिमान राईलाई जिम्मेवारी दिएको छ ।

कार्यक्रममा किरात राई यायोक्खा अध्यक्ष जीवन हताचो, किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष गोविन्द आङबुङ, पहिचान सहितको प्रदेश १ पुनः नामाङकन अभियान अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टी सात घटकका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानु इम्बुङ, आदिवासी जनजाति महासंघ उपाध्यक्ष युवराज जीरेल, नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पा, नागरिक उन्मुक्ति पार्टी एकीकृतका महासचिव दिल कुमार लाओती, जनता समाजवादी पार्टि नेपालका केन्द्रीय सदस्य राइर्, लिम्बुवान राष्ट्रिय समिती मुख्य सचिब केदार धिमाल, पहिचानको लागि युवाका संयोजक भिम राई र सहसंयोजक बिराज आङ्देम्बे लगायतले मन्तव्य राखेका थिए ।
पहिचानवादीहरुको हजारौंको उपस्थितिमा र्यालिसहित कोशि प्रदेश नाम मान्दैनौ, कोशी प्रदेश नाम मुर्दाबाद जस्ता नाराबाजी गर्दै युवा दस्ताहरुले बिर्तामोड बजार मार्चपास सहित परिक्रमा गर्दै मुक्तिचोक छेउमा कोणसभा गरेको छ ।

कार्यक्रमका वक्ताहरुले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ गाउँदेखि सहरसम्म पहिचानको लागि युवा गठन गरिएको वताएका छन् । त्यस्तै युवा दस्ताले कोशी नामकरण खारेजीको आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन स्वयम्सेवकको भूमिका निर्वाह गर्ने संयोजक भिम राई वताए । हालसम्म ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, सुनसरी र झापा गरी ५ वटा जिल्लाहरुमा पहिचानको लागि युवा संगठित भएको जनाइएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...