कृष्णविक्रम नेम्बाङद्वारा लिखित कृति ‘लिम्बु इतिहास’ विमाेचन

 लिम्बुवान न्युज
                       

असोज १७, काठमाडौ । इतिहासकार कृष्णविक्रम नेम्बाङद्वारा लिखित ‘लिम्बू इतिहास: तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ नामक पुस्तक विमोचन गरिएको छ ।

बुधबार ललितपुर थसिखेलस्थित तागेरा रेस्टुरेन्टमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व कुलपति वैरागी काइलाको प्रमुख आतिथ्यतामा ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा मदन पुरस्कार विजेता भगिराज इङ्नाम, प्राध्यापक बालकृष्ण माबुहाङ, साहित्यकार राधिका हुक्पा चोङ्बाङ, येहाङ लाओती, युग पाठक, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, कियाचु पुर्व केन्द्रीय अध्यक्ष अर्जुन नुगो, डा. कमल तिगेला, राम मादेन लगायतको उपस्थितिमा सार्वजनिक गिरएकाे थियो ।

नेम्बाङले पुस्तकमा लिम्बू र तिब्बती जातिका अन्तरसम्बन्ध केलाएका छन् । यसमा लिम्बू जाति को हुन् र कस्तो मिश्रण छ भनेर देखाएका छन् । अर्को अध्यायमा लिम्बू र इलाम तथा सिक्किमका लेप्चा जातिबीच रहेको ऐतिहासिक सम्बन्धलाई पनि मिहीन रूपमा प्रस्ट्याएका छन् । उनले अर्को अध्यायमा विजयपुरका विजयनारायणको पहिचान खुट्याउने प्रयास समेत गरेका छन् ।

मुन्धुम एकेडेमीले प्रकाशित गरेको पुस्तकलाई मुन्धुमविद डी.बी. आङ्बुङले सम्पादन गरेका छन् । २ सय पेजको उक्त पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;