कृष्णविक्रम नेम्बाङद्वारा लिखित कृति ‘लिम्बु इतिहास’ विमाेचन

 लिम्बुवान न्युज
                       

असोज १७, काठमाडौ । इतिहासकार कृष्णविक्रम नेम्बाङद्वारा लिखित ‘लिम्बू इतिहास: तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ नामक पुस्तक विमोचन गरिएको छ ।

बुधबार ललितपुर थसिखेलस्थित तागेरा रेस्टुरेन्टमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व कुलपति वैरागी काइलाको प्रमुख आतिथ्यतामा ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा मदन पुरस्कार विजेता भगिराज इङ्नाम, प्राध्यापक बालकृष्ण माबुहाङ, साहित्यकार राधिका हुक्पा चोङ्बाङ, येहाङ लाओती, युग पाठक, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, कियाचु पुर्व केन्द्रीय अध्यक्ष अर्जुन नुगो, डा. कमल तिगेला, राम मादेन लगायतको उपस्थितिमा सार्वजनिक गिरएकाे थियो ।

नेम्बाङले पुस्तकमा लिम्बू र तिब्बती जातिका अन्तरसम्बन्ध केलाएका छन् । यसमा लिम्बू जाति को हुन् र कस्तो मिश्रण छ भनेर देखाएका छन् । अर्को अध्यायमा लिम्बू र इलाम तथा सिक्किमका लेप्चा जातिबीच रहेको ऐतिहासिक सम्बन्धलाई पनि मिहीन रूपमा प्रस्ट्याएका छन् । उनले अर्को अध्यायमा विजयपुरका विजयनारायणको पहिचान खुट्याउने प्रयास समेत गरेका छन् ।

मुन्धुम एकेडेमीले प्रकाशित गरेको पुस्तकलाई मुन्धुमविद डी.बी. आङ्बुङले सम्पादन गरेका छन् । २ सय पेजको उक्त पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...