प्रदेश १ का मुख्यमन्त्री कार्कीले २० असाेजमा विश्वासकाे मत लिने

 लिम्बुवान न्युज
                       

दमक, १७ असाेज । प्रदेश १ काे चौथो अधिवेशन आजबाट सुरु भएकाे छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् ।

सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् ।

उनले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् । कार्की मुख्यमन्त्री नियुक्त भएको पनि २० असोजमा ३० दिन पुग्दैछ ।

असोज २० गते नै विश्वासको मत लिने तयारी भएको नेकपा एमाले प्रदेश १ का संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । आजको बैठकमा गत २४ भदौमा सरकारले ल्याएको अध्यादेश टेबल हुनेछ ।

२० गते विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वत: पदमुक्त हुनेछन् । तत्पश्चात संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेश १ काे नाम रातारात दुइतिहाइ मतबाट काेशी राखेसँगै प्रदेश १ मा पहिचान पक्षधरहरूले प्रदेश १ काे नाम खारेजीकाे माग गर्दै सात महिनादेखि आन्दाेलन जारी राखेका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;