पापोहाङ लाओती सयङ दमक नगर गठन सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक,२१ असोज । पापोहाङ लाओती सयङ दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । स्थानीय सेवारो कम्प्लेक्समा शनिवार सम्पन्न सयङको तेस्रो अधिवेशनले प्रेम कुमार लाओतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा बेनुका वनेम लाओती, सचिवमा राम लाओती, सहसचिवमा दिनेश लाओती र कोषाध्यक्षमा यामहाङ लाओती चुनिए । यसैगरि सदस्यहरुमा कल्पना लाओती चेम्जोङ, मिना लाओती योङहाङ, बिमला लाओती, सुजन लाओती, खगेन्द्र लाओती र अम्बर लाओती चयन भएका छन् ।

किराँत याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी नाल्बो, पत्रकार बिष्णु सुब्बा लगायतले अधिबेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

उनीहरुले आआफनो पुर्खा र पुस्ताको पहिचान अपरिहार्य भएकाले लाओती बन्धुहरुको एकतामा जोड दिए ।
अधिबेशन पापोहाङ लाओती सयङ दमक नगर अधिवेशन संयाेजक गगन लाओतीको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित समाचार

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

;