पापोहाङ लाओती सयङ दमक नगर गठन सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक,२१ असोज । पापोहाङ लाओती सयङ दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । स्थानीय सेवारो कम्प्लेक्समा शनिवार सम्पन्न सयङको तेस्रो अधिवेशनले प्रेम कुमार लाओतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा बेनुका वनेम लाओती, सचिवमा राम लाओती, सहसचिवमा दिनेश लाओती र कोषाध्यक्षमा यामहाङ लाओती चुनिए । यसैगरि सदस्यहरुमा कल्पना लाओती चेम्जोङ, मिना लाओती योङहाङ, बिमला लाओती, सुजन लाओती, खगेन्द्र लाओती र अम्बर लाओती चयन भएका छन् ।

किराँत याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी नाल्बो, पत्रकार बिष्णु सुब्बा लगायतले अधिबेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

उनीहरुले आआफनो पुर्खा र पुस्ताको पहिचान अपरिहार्य भएकाले लाओती बन्धुहरुको एकतामा जोड दिए ।
अधिबेशन पापोहाङ लाओती सयङ दमक नगर अधिवेशन संयाेजक गगन लाओतीको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...