पहिचानवादी नेताहरु रिहाई नभए असोज ३० देखि धनकुटा जिल्ला अनिश्चितकालिन बन्द

 लिम्बुवान न्युज
                       

दमक, २८ असाेज ।  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पक्राउ परेको आफ्ना नेता, कार्यकर्ता तुरुन्त रिहाइ नगरे अनिश्चितकालीन धनकुटा बन्द घोषणा गरेको छ ।

धनकुटाको चौबिसे—६ का मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले शुक्रबार घरैबाट प्रहरीले पक्राउ गरेको थियो । संघर्ष समितिले पक्राउ परेका तीनै जनालाई तत्काल छाड्न विज्ञप्ति मार्फत जिल्ला प्रशासन कार्यालयलाई संघर्ष समितिले आग्रह गरेका थिए ।

पक्राउ परेका कार्यकर्ताहरु शुक्रबारसम्म नछाडेपछि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले शुक्रबार साँझ विज्ञप्ति प्रकाशन गरी धनकुटा अनिश्चितकालीन बन्दसहितको विरोध कार्यक्रम सार्वजनिक गरेको हो । असोज २७ गते इलाका प्रहरी कार्यालय घेराउ र प्रचारप्रसार गर्ने, २८ गते धनकुटा सदरमुकाममा विरोध प्रदर्शन, २९ गते बिभिन्न नाकाहरुबन्द गर्दा पनि नछाडे ३० गतेदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्दको घोषन गरेको हो ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...