राष्ट्रिय बहुमुखी सहकारीका सञ्चालक र कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

 लिम्बुवान न्युज
                       

दमक, २८ असोज / राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफना सञ्चालक समिति तथा कर्मचारीका लागि एक दिने सहकारी सम्बन्धी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ ।

तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

दमक–८ सेतुमारी रोडस्थित रहेको संस्थाको शिक्षा तथा तालिम उपसमितिका संयोजक दिपेन बाला राईको अध्यक्षता तथा संस्थाका अध्यक्ष एलडी राईको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।

सो तालिममा प्रदेश सहकारी निमित्त रजिष्ट्रार हरीबहादुर खत्री, अधिकृतद्धय मनोज कार्की र अधिकृत मनोज भट्टराईले सहकारी, सहकारीका ऐन, कानुनका विषयमा सहजीकरण गरेका थिए ।

तालिममा सहभागिहरुलाई संस्थाका अध्यक्ष राईसहित प्रशिक्षकहरुले प्रमाणपत्र प्रदान गरेका व्यवस्थापक लिलाराज तुम्बापोले बताएका छन् ।

तस्वीरः अनिल राइ

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...