धरानमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) समायाजनः अध्यक्षमा खगेन्द्र आङ्बुहाङ्

 लिम्बुवान न्युज
                       


धरान, २ कार्तिक । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) धरान नगर समायोजन भएको छ । बुधबार धरान १०स्थित पार्टी कार्यालयमा आयोजिक समायोजन कार्यक्रममा खगेन्द्र आङ्बुहाङ्को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै समायोजन गरिएको हो ।

पार्टीका उपाध्यक्ष एबी पन्धाकज्यूको प्रमुख आतिथ्यता र उपाध्यक्ष अशोक चेम्जोङ्को विशिष्ट आतिथ्यतामा भएको उक्त कार्यक्रमले उपाध्यक्षहरुमा अर्जुन खड्का, सुकमाया लिम्बु (अस्मी), प्रेम मादेन, सचिवमा पूर्ण गहतराज, सहसचिवमा राजकुमार जिमी, कोषाध्यक्षमा खेम खड्का र सह–कोषाध्यक्षमा आयुष बराइली चुनिएका छन् ।

यसरी नै सदस्यहरुमा मनिता राजधामी, नगेन्द्र बराइली, राजेश सुनुवार, राजेन्द्र लिम्बु, गोपाल तामाङ्, विनोद राई, सुनिता तेयुङ, पुनम गजमेर, ललित देवान, योगेन्द्र तामाङ्, रिता इजम, लाल बहादुर लिम्बु, विमला इजम, हरीकला लिम्बु, पृथ्वी इजम, प्रिती इजम सुब्बा, विक्रम लामा, डम्बर बहादुर श्रेष्ठ र सुरेश चौधरी रहेका छन् ।

कार्यक्रममा पार्टीका महासचिव दिलकुमार लावती, सचिव चन्द्रनारायण थारु, सहसचिवहरु पदम अधिकारी, पूर्णकला तेयुङ्, केसस रमेश गजमेर, केन्द्रीय सदस्यहरु, प्रदेश समिति, प्रान्तीय समिति र जिल्लाका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

समायोजन समितिका सदस्य केसस अमर इजमको अध्यक्षतमा भएको कार्यक्रमलाई जिल्ला अध्यक्ष देउमान लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन जिल्ला सचिव निर्मल राईले गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...