दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १६ कार्तिक । प्रदेश १ स्थित इटहरीमा कार्तिक १८ गते प्रदेशको नाम कोशी खारेजीको माग गर्दै संयुक्त एक्यबद्धता सभा हुने जनाइएको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको संयोजनमा उक्त सभा हुन लागेको हो ।
उक्त सभालाई सम्पन्न गर्ने क्रममा बुधबार मोरङको पथरीमा आइपुगेका किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले संघीय गणतन्त्रवादी, प्रदेशको नाम कोशी खारेजीको पक्षमा रहेका, देश समानुपातिक, समावेशी र धर्मनिरपेक्षता देश चाहने सम्पूर्णलाई इटहरीमा हुने सभामा सहभागी हुन आव्हान गरेका छन् ।
१८ गते हुने सभालाई तामाङ, मगर, गुरुङ, नेवार, थारु समुदायको साझा सामाजिक संस्थाहरुको नेतृत्वले समेत सम्बोधन गर्ने जनाइएको छ । सोही सभालाई प्रभावकारी बनाउने उद्देश्यले बुधबार किरात याक्थुङ् चुम्लुङको संघीय एक्तेन, राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष केपी पालुङ्वा, किरात राई यायोक्खाको उपमहासचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला संघर्ष समितिका अध्यक्ष रामभक्त कुरुम्बाङ, उपाध्यक्ष डम्बर कुरुम्बाङ, सचिव जयराज संयोग लगायत भेटेर छलफल भएको यायोक्खाका जम्नेलीले बताएका छन् ।
प्रदेश नं. १ मा चलिरहेको कोशी नाम खारेजीको आन्दोलनप्रति एक्यबद्धताको साथै अभियानमा सहभागी हुने उद्देश्यले इटहरीमा कार्यक्रमको आयोजना गरिएको नेपाल तामाङ घेदुङ संघको केन्द्रीय अध्यक्ष मोहन गोलेले बताए । अध्यक्ष तामाङले प्रदेश १ मा चलिरहेको आन्दोलन पहिचान अभियानको रुपमा मेचीदेखि महाकालीसम्म जोड्दै तेस्रो जनआन्दोलनमा बिकासहुन सक्ने बताउदै आएका छन् ।
इटहरी कार्यक्रममा सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुरदेखि सहभागिता रहने जनाइएको छ । कार्यक्रममा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिलाई ब्यापक सहभागिता जनाउन आव्हान गरिएको संघर्ष समितिको अर्को घटक संस्था किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए ।
प्रदेश नं.१ पुन नामाङकन् अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समिति, शेर्पा संघ, यायोक्खा, चुम्लुङ्, राष्ट्रिय जनमुक्ति पार्टी (छ घटक), जनता समाजवादी पार्टीको किरात, लिम्बुवान राष्ट्रिय समितिहरु, संघीय मञ्च, माओवादी सम्बद्ध किरात, लिम्बुवान, देशभक्त समाजवादी मोर्चा, धिमाल मोर्चाहरु, नागरिक उन्मुक्ति पार्टी एकीकृत लिम्बुवान समिति, अन्य जातीय संस्थागरी ४० भन्दा धेरै संघ संगठनहरु आन्दोलित रहेका छन् ।
कार्यक्रममा तामाङ, नेवार, मगर, गुरुङ्, थारु समुदाय लगायत मुख्य जातीय संस्थाहरुले समेत आन्दोलनको एक्यबद्धता जनाउने बताइएको छ । आदिवासी जनजाति संघ संस्थाहरूले गत असोज २२ गते एक संयुक्त विज्ञप्ति जारी गर्दै कार्तिक १८ गते सभा गर्ने जनाएको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...