ऐतिहासिक लुङछाता संरक्षण गर्दै गाउँलेहरू

 लिम्बुवान न्युज
                       

तेह्रथुम, १७ कार्तिक ।  तेह्रथुम जिल्ला फेदाप ५ इसिबुस्थित गैरिटोलमा रहेको ऐतिहासिक लुङछाता (लुङताङघुक) संरक्षण गर्ने भएका छन् । ढुंगाको छाता बनाएर ढुंगाकै सोलिमा गाडीएको कृतिम ऐतिहासिक बस्तुको जिर्ण अबस्था बनेपछि संरक्षण गर्नुपर्ने भएको हो ।

बिगतको समयमा आफ्नो चिनोको रूपमा अग्रजहरुले यो लुङछाता निर्माण गरेर गाडेका थिए । लिम्बुहरुको ढुङ्गा संग अत्यन्तै सम्बन्ध छ यसलाई चोत्लुङको रूपमा पनि हेरिन्छ । ढुङ्गा गाड्ने ढुङ्गा पुज्ने आदि लिम्बू समुदायमा संस्कारकै रूपमा बिकसित छ । गाउँगाउँमा सडक पुगेपछि त्यही लुङछातालाई किनारा पार्दै सडक बनाइएको थियो ।

सडकमा गाडी संचालन भएसंगै ट्याक्टरको ठक्करबाट यो लुङछाता भाचिएको थियो । ऐतिहासिक तथा पर्यटकीय स्थलहरु प्रसस्तै रहेको इसिबुमा यो संगै दुई वटा फरक फरक ठाउँमा लुङताङघुक निर्माण गरिएको थियो । प्रबासमा रहेका यस ठाउका युवाहरुले यस निर्माण कार्यप्रती अभिरुचि राख्दै निर्माणको लागि आर्थिक सहयोग समेत संकलन गर्ने प्रबास दुबइमा कार्यरत दिल हुक्पा चोङबाङ्ले जानकारी गराउनु भयो । पुन:निर्माणमा करिब ३ लाख लागत लाग्ने अनुमान गरिएकोमा २ लाख रुपैया प्रबासका युवाहरूबाट सहयोग संकलन हुनेछ ।

लुङछाता संरक्षणको लागि तिलबिक्रम हुक्पा चोङबाङको अध्यक्षतामा पुन:निर्माण समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष लक्षमण चोङबाङ सचिब संकर साम्बा सह-सचिब शुक्रराज चोङबाङ कोषाध्यक्ष पर्शु हाङश्रोङ सदस्यहरु युबराज फोम्बो, पदम साम्बा, तोमकुमार चोङबाङ, होम कुमार चोङबाङ, केवलमान चोङबाङ र धनराज साम्बा रहनुभएको छ भने सल्लाहकार समितिमा सेसेहाङ हुक्पा चोङबाङ, नरपती हुक्पा चोङबाङ, धननारायण हाङश्रोङ, भिम ब. हुक्पा चोङबाङ, ओम ब हुक्पा चोङबाङ र राम ब हुक्पा चोङबाङ रहनुभएको छ । यो निर्माण कार्य मंसिर पहिलो हप्ता देखि थालनी गरिने समिति अध्यक्ष तिलबिक्रम हुक्पा चोङबाङले जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...