१३९औं फल्गुनन्द जयन्ती विविध कार्यक्रम गरी मनाइन्दै

 लिम्बुवान न्युज
                       


दमक, २५ कार्तिक । १६औं राष्ट्रिय विभूति किरात धर्मावलम्बीका महागुरु फल्गुनन्द लिङदेनको १३ औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी विश्वमा छरिएर रहेका किरातीहरुले मनाउँदैछन् ।

वि.स. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा सामान्य परिवारमा उनको जन्म भएको थियो । बुबा जगनबाज लिङदेन र आमा हंसमती लिम्बुको कोखबाट साइला छोराको रुपमा जन्मिएका उनको न्वारानको नाम नरध्वज राखिएको थियो । बाल्यकालमा सिकिस्त बिरामी परेका उनलाई फलामको चुरा बनाए हातमा लगाइदिएपछि मात्र निको भएको भनी पछि फलामसिं हुँदै फाल्गुनन्द नाम रहन गएको बताइन्छ ।

महागुरु फल्गुनन्दले किरातीहरुको भाषा, लिपि, संस्कार, संस्कृति, मुन्धुम एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । किरात जातीहरुमा समाज सुधारका लागि फल्गुनन्दले लिम्बुवान र किरात खम्बुवान क्षेत्रमा बस्ने किरातीहरुलाई चुम्लुङ् गरी संस्कार, संस्कृतिलाई एकरुपता दिन नीति नियम बनाएका थिए । त्यसलाई ‘सत्य धर्म मुचुल्का’ भनेर चिनिन्छ । उनले बि.सं. १९८८ साल वैशाख २४ गते पान्थरको लोब्रेकुट्टीमा यो मुचुल्का जारी गरिएका थिए ।

उनको योगदानको कदर गर्दै किराती समुदायको बसोवास रहेका लिम्बुवानका जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभालगायत किरात खम्बुवान क्षेत्रको भोजपुर, खोटाङ, उदयुपर त्यसैगरी उपत्याकाको काठमाडौं, भक्तपुर, ललितपुर र किरातीहरुको बसोबास रहेका कास्की, लगायत अन्य जिल्लाहरु र विश्वभरी छरिएर रहेका किरात जाती एवम् धर्मावलम्बीहरुले फल्गुनन्दको सम्झनामा आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाइरहेका छन् ।

यसरी नै आज किरात धर्म तथा साहित्य उत्थान संघ लगायत धार्मिक संस्थाहरुले धर्मगुरु आत्मानन्द लिङ्देनको उपस्थितिमा झापाको शिवसताक्षी नगरपालिका–९ स्थित ऐतिहासिक धार्मिकस्थल फल्गुनन्दको जन्मजयन्ती मनाइने जनाइएको छ ।

उक्त कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोको प्रमुख आतिथ्यता रहने आयोजक समितिका सहसंयोजक तथा प्रचारप्रसार विभाग संयोजक डिल्लीहाङ इङनामले जानकारी दिएका छन् ।

जन्मजयन्तीको अवसरमा त्यहाँ निर्मित किरातेश्वर हाङसाम माङहिम उद्घाटन एवं फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण कार्यक्रम तय भएको उनले बताए ।

त्यसैगरी पान्थरको सिलौटी, लोब्रेकुटी, इलामको माङसेबुङ, चुलाचुली हात्तीलेदा, झापाको विभिन्न माङहिमहरुमा समेत कार्यक्रम भव्यरुपमा हुने जनाइएको छ ।

बि.सं. २००५ सालमा उनको देहान्त भएको थियो । उनको पार्थिव शरीरलाई पान्थरको सिलौटीमा राखिएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचन पश्चात बि.सं. २०६६ साल मंसिर १६ गते सरकारले महागुरु फल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...