तिलक राईको अध्यक्षतामा किरात खम्बुवान समिति गठन

 लिम्बुवान न्युज
                       


गाईघाट, ५ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को किरात खम्वुवान प्रान्तीय भेला सम्पन्न भएको छ । मंगलबार पार्टीका संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा उदयपुरको गाईघाटमा भएको भेलाले तिलक राईको अध्यक्षतामा किरात खम्बुवान तदर्थ समिति गठन भएको हो ।

भेलाले उपाध्यक्षमा गौरी नारायण चौधरी, सचिवहरुमा फिरत चौधरी, लिजा राईलाई चयन गरेको छ भने सदस्यहरुमा महावीर राइ, प्रदिप तामाङ, सुकमाया दनुवार, सम्झना बस्नेत, रमेश राई, बिधान राई, नरबल राई र धन बहादुर बिश्वकर्मा (गजमेर) रहेका छन् । कोषाध्यक्ष लगायतका पदहरु रिक्त रहेको नव नियुक्त अध्यक्ष राईले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय अध्यक्ष गुरुङ्ले आगामी पुषमा हुने ऐतिहासिक प्रथम महाधिवेशन अगावै प्रदेश १ समिति, प्रान्तीय समितिहरु, जिल्ला, पालिका र वार्डहरुमा संगठन विस्तार सम्पन्न गर्न सबै नेताहरुलाई निर्देशन दिदैं चाँडोभन्दा चाँडो महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्ष छान्न समेत बताएका छन् । देशको राजनीति अवस्था अत्यन्तै भयावह रहेको, प्रतिक्रियावादीहरु पहिचान विरुद्ध एकजुट हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरा रहेको भन्दै अध्यक्ष गुरुङ्ले अब सबै पहिचानवादीहरु एकजुट भएर संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलाई रक्षा गर्नु पर्ने बताए ।

मंगलबार आयोजित भेलामा पार्टीका केन्द्रीय उपाध्यक्षहरु एबी पन्धाक, अशोक चेम्जोङ, इन्दीरा मेन्याङ्बो, सचिव भविराज लिम्बु, चन्द्रनारायण चौधरी, सहसचिव पदम अधिकारी, पूर्णकला लिम्बु, केस धनबहादुर पन्धाक, अमर इजम, प्रयास बान्तवा, लिम्बुवान अध्यक्ष भुपेन्द्र मावो लगायतका नेताहरु कार्यक्रम सहभागी भएको थिए ।

तदर्थ समितिले आगामी ६ महिना भित्रमा पूर्णता दिन र किरात खम्बुवान अन्तर्गतका जिल्लाहरु ओखलढुंगा, सोलोखुम्बु, खोटाङ, भोजपुर र उदयपुरमा संगठनलाई शसक्त बनाउने समितिका नवनियुक्त अध्यक्ष राईले बताएका छन् ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...