पहिचानवादी नेताहरुलाई नछोडे मेची राजमार्ग अनिश्चितकालीन बन्द गर्ने चेतावनी

 लिम्बुवान न्युज
                       

दमक, ११ मंसिर । राई, लिम्बू समुदायलाई ‘आतंककारी’ भन्दै साम्प्रदायिक रुपमा गाली दिएको भन्दै पूर्वमन्त्री योगेश भट्टराई विरुद्ध कालो झण्डा प्रदर्शन गरेको आरोपमा आइतबार ताप्लेजुङ्बाट पक्राउ परेका दुई जना नेताहरुको बिनासर्त रिहाइ नगरे पहिचान पक्षधरले मेची राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रदेश १ को पुनःनामाडकन आन्दोलन सुरु भएपछि भट्टराई, पूर्व प्रधानमन्त्री केपी ओली र महेश बस्नेतले राई, लिम्बू, तामाङ, मगर, गुरुङ्, शेर्पा लगायतलाई सामुदायिक रुपमा गाली गरेको भन्दै उनीहरु सहभागी कार्यक्रममा कालो झण्डा प्रदर्शन गर्दै आएको छ ।

यस्तो अवस्थामा आइतबार योगेश भट्टराई ताप्लेजुङ् आएपछि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले भट्टराईको घरैमा कालो झण्डा प्रदर्शन गरेका थिए ।

घरमा कालो झण्डासहित नारा जुलुस भएपछि प्रहरीको स्कटिङ्मा सदरमुकाम फुङ्लिङ् पुगेका भट्टराई सवार कार माथि ढुङ्गा प्रहार भएको थियो । तोडफोडबाट कारको अगाडीको शिसा कामै नलाग्ने गरी क्षति भएको छ ।

सो आरोपमा ताप्लेजुङ् पाथीभरा याङ्वरक–३ का बिपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई प्रहरीले आइतबार राति साढे १० प्रहरीले घरैबाट पक्राउ गरेको थियो ।

प्रदेश नं. १ पुनः नामाङ्न संयुक्त संघर्ष समितिले आज (सोमबार) विज्ञप्ति प्रकाशन गरी पक्राउ परेका दुवैजनालाई आज साँझसम्म विनासर्त रिहाइ नगरे भोली (मंगलबार)बाट मेची राजमार्ग बन्द गर्ने चेतावनी दिएको हो ।

प्रहरीले नवीन पोमु, डम्बर पालुङ्वा, मनिस हेल्लोक, कुमार खिम्दिङ लगायतका नेताहरुलाई समेत घट्ना गराएको हल्ला चलाएको भन्दै विज्ञप्ति मार्फत भत्र्सना गरेको छ ।

पक्राउ परेको दुई जनाको रिहाईको लागि आज प्रहरी कार्यालय घेराउ गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कालो झण्डा प्रदर्शनको घोषित कार्यक्रममा निहु खोज्न आउने योगेश भट्टराई, आयोजक संस्था र सरकार स्वयमले ताप्लेजुङ घट्नाको जिम्मेवारी लिनुपर्ने, पहिचानवादीको शान्तिपूर्ण जुलुसमा आक्रमण भएको प्रति भत्र्सना गर्दै आक्रमणमा संलग्न ‘भिजिलान्ते’हरुलाई पक्राउ गरी कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख ।

पहिचानको पक्षमा रहेका शिल्पी, खस/आर्यहरुलाई पनि भट्टराई लगायतका तीन भाईले गाली गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

पहिचान सहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, नेपाल आदिबासी जनजाति महासंघको अध्यक्ष गेल्जे शेर्पा, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाको हस्ताक्षर रहेको छ ।

यसैवीच एमालेले मंसीर १४ गतेदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङः यात्रा’ गर्दैछ । यो यात्रा प्रदेश नं. १ मा आइपुग्दा तीन भाई र कोशी नाममा हस्ताक्षर गर्ने ८२ मध्येको प्रदेश सांसदलाई सहभागी नगराउन एमालेलाई पहिचवादी संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरेर आग्रह गरेको छ । अटेर गरे प्रतिरोध गर्ने भन्दै संयुक्त संघर्ष समितिले ‘घुर्मी चिवाभञ्याङ जनजागरण अभियान’ मसीर १४ गते नै उदयपुर र ओखलढुङ्गाको सीमानामा पर्ने घुर्मीमा उद्घाटन सभाको आयोजना गर्दैछ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...