पहिचानवादी नेताहरुलाई नछोडे मेची राजमार्ग अनिश्चितकालीन बन्द गर्ने चेतावनी

 लिम्बुवान न्युज
                       

दमक, ११ मंसिर । राई, लिम्बू समुदायलाई ‘आतंककारी’ भन्दै साम्प्रदायिक रुपमा गाली दिएको भन्दै पूर्वमन्त्री योगेश भट्टराई विरुद्ध कालो झण्डा प्रदर्शन गरेको आरोपमा आइतबार ताप्लेजुङ्बाट पक्राउ परेका दुई जना नेताहरुको बिनासर्त रिहाइ नगरे पहिचान पक्षधरले मेची राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रदेश १ को पुनःनामाडकन आन्दोलन सुरु भएपछि भट्टराई, पूर्व प्रधानमन्त्री केपी ओली र महेश बस्नेतले राई, लिम्बू, तामाङ, मगर, गुरुङ्, शेर्पा लगायतलाई सामुदायिक रुपमा गाली गरेको भन्दै उनीहरु सहभागी कार्यक्रममा कालो झण्डा प्रदर्शन गर्दै आएको छ ।

यस्तो अवस्थामा आइतबार योगेश भट्टराई ताप्लेजुङ् आएपछि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले भट्टराईको घरैमा कालो झण्डा प्रदर्शन गरेका थिए ।

घरमा कालो झण्डासहित नारा जुलुस भएपछि प्रहरीको स्कटिङ्मा सदरमुकाम फुङ्लिङ् पुगेका भट्टराई सवार कार माथि ढुङ्गा प्रहार भएको थियो । तोडफोडबाट कारको अगाडीको शिसा कामै नलाग्ने गरी क्षति भएको छ ।

सो आरोपमा ताप्लेजुङ् पाथीभरा याङ्वरक–३ का बिपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई प्रहरीले आइतबार राति साढे १० प्रहरीले घरैबाट पक्राउ गरेको थियो ।

प्रदेश नं. १ पुनः नामाङ्न संयुक्त संघर्ष समितिले आज (सोमबार) विज्ञप्ति प्रकाशन गरी पक्राउ परेका दुवैजनालाई आज साँझसम्म विनासर्त रिहाइ नगरे भोली (मंगलबार)बाट मेची राजमार्ग बन्द गर्ने चेतावनी दिएको हो ।

प्रहरीले नवीन पोमु, डम्बर पालुङ्वा, मनिस हेल्लोक, कुमार खिम्दिङ लगायतका नेताहरुलाई समेत घट्ना गराएको हल्ला चलाएको भन्दै विज्ञप्ति मार्फत भत्र्सना गरेको छ ।

पक्राउ परेको दुई जनाको रिहाईको लागि आज प्रहरी कार्यालय घेराउ गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कालो झण्डा प्रदर्शनको घोषित कार्यक्रममा निहु खोज्न आउने योगेश भट्टराई, आयोजक संस्था र सरकार स्वयमले ताप्लेजुङ घट्नाको जिम्मेवारी लिनुपर्ने, पहिचानवादीको शान्तिपूर्ण जुलुसमा आक्रमण भएको प्रति भत्र्सना गर्दै आक्रमणमा संलग्न ‘भिजिलान्ते’हरुलाई पक्राउ गरी कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख ।

पहिचानको पक्षमा रहेका शिल्पी, खस/आर्यहरुलाई पनि भट्टराई लगायतका तीन भाईले गाली गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

पहिचान सहितको प्रदेश नं. १ पुन नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, नेपाल आदिबासी जनजाति महासंघको अध्यक्ष गेल्जे शेर्पा, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाको हस्ताक्षर रहेको छ ।

यसैवीच एमालेले मंसीर १४ गतेदेखि ‘झुलाघाट–चिवाभञ्ज्याङः यात्रा’ गर्दैछ । यो यात्रा प्रदेश नं. १ मा आइपुग्दा तीन भाई र कोशी नाममा हस्ताक्षर गर्ने ८२ मध्येको प्रदेश सांसदलाई सहभागी नगराउन एमालेलाई पहिचवादी संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरेर आग्रह गरेको छ । अटेर गरे प्रतिरोध गर्ने भन्दै संयुक्त संघर्ष समितिले ‘घुर्मी चिवाभञ्याङ जनजागरण अभियान’ मसीर १४ गते नै उदयपुर र ओखलढुङ्गाको सीमानामा पर्ने घुर्मीमा उद्घाटन सभाको आयोजना गर्दैछ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...