नेपालमै पहिलाे किरात लिपि र लिम्बू (याक्थुङ) भाषामै प्रकाशितहुने अनलाइन खबर सञ्चालन

 लिम्बुवान न्युज
                       

दमक, २१ मंसिर । इलाम माङसेबुङस्थित किरात धार्मिक पर्यटकीय स्थलबाट किरात सिरिजंगा लिपि र लिम्बू (याक्थुङ) भाषामा नेपालकै पहिलो समाचारमूलक अनलाइन खबर सञ्चालनमा आएको छ ।

‘किरात मुन्धुमी सभ्यता भाषा, साहित्य र संस्कृति बिकासको अभियान’ भन्ने नाराका साथ किरात चोःत्लुङ प्रालिको संचालन तथा सुनिल सेर्माको सम्पादनमा अनलाइन खबर सञ्चालनमा आएको हो ।

 

मंगलबार किरात धर्मगुरु आत्मानन्द लिड्देन ‘सेइङ’ तथा गुरू आमा साँबा पवित्रहाङमा लिङदेनद्वारा एक साथ www.mangsebung.com लेखिएको ब्यानर खोलेर अनलाइन खबरको उद्घाटन गर्नुभएको थियो ।

किरात सिरीजंगा लिपी र लिम्बू (याक्थुङ) भाषामा समाचार सामग्री प्रकाशन गर्नेगरी अनलाइन खबर सुरु गरिएको सम्पादक सुनिल सेर्माले बताएका छन् ।

माङसेबुङ डट कम अनलाईन खबरको मुख्य कार्यालय माङसेबुङ ५ स्थित रहने जनाइएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...