पुर्व मन्त्री गोपाल किराँती लगायत दर्जनौं गिरफ्तार: ठाउँ-ठाउँमा पहिचानवादिद्वारा सडक अवरुद्ध

 लिम्बुवान न्युज
                       

खोटाङ, २६ मङ्सिर। कोशी नाम खारेजीको लागि सडकमा उत्रियका पूर्ब संस्कृति मन्त्री गोपाल किराती लगायत खोटाङ र भोजपुर जिल्लाबाट दर्जन बढीलाई प्रहरीले आज विहान गिरफ्तार गरेको छ ।
गोपाल किराती देशभक्त समाजवादी मोर्चाको संयोजक तथा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिको नेता हुन । किरातीलाई आज करिब साढे ११ बजे खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको अर्का नेता रमेश राईले जानकारी दिए ।
हलेसीबाट आज विहानै राजेश राईलाई पक्राउ गरेको थियो । राजेश राई जसपा नेपालको खोटाङ जिल्ला सचिवालय सदस्य तथा पहिचानको लागि युवाको हलेसी तुवाचुङ नगर समितिको सह संयोजक हुन् । हलेसीबाट गन्धमान राई, बिजय राईसमेत पक्राउ परेका छन ।
आज विहानै किरात राई यायोक्खा भोजपुर जिल्ला कार्यबाहक अध्यक्ष बिदुर राईलाई घरैबाट र जसपा प्रदेश समिति सदस्य मिना राईको साथै जसपा सम्बद्ध कार्यकर्ताहरु निदेश राई, पावना राईलाई सडकबाट गिरफ्तार गरेको किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष जनक राईले बताए ।
कोशी नाम खारेजी र ८२ प्लस तीन जनाको विरोधमा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आज (मंसीर २६) गतेदेखि उदयुर, ओखलढुङ्गाको सीमाना घुर्मीदेखि भोजपुर धनकुटाको सीमाना लेगुवासम्म मध्ये पहाडी मार्ग आनिश्चितकालीन बन्दको घोषणा गरेको थियो ।
सडक बन्द सफल पार्न खोटाङको चखेवादेखि जयरामघाटसम्म दर्जनौ स्थानमा रुख ढलेर र ढुङ्गा राखेर अवरोध भएको छ ।
बन्द उलंघन गरेको भन्दै चखेवा र दिक्तेल वीचमा पर्ने हुर्लुङ भन्ने स्थानमा एउटा मिक्चर (गाडी)मा आगजनी भएको स्थानीयबासीले जानकारी दिए ।
घुर्मीदेखि चखेवासम्म दुई दिन अघिदेखि नै ब्यापक प्रहरी परिचालन भएको छ । जनपथ र शसस्त्र गरेर करिव चार हजार बढी प्रहरी परिचालन गरिएको यायोक्खा एक स्थानीय नेताले बताए ।
आज विहानै प्रहरीले बिभिन्न स्थानमा बम भेटेको बारे पहिचावादी नेताहरुलाई जिज्ञासा राखेको बुझिएको छ । पहिचानवादी नेताहरुले भने शान्तिपूर्ण आन्दोलन भएकोले अहिले नै बम, बारुद चलाउने बेला नभइ नसकेको तर केपी ओलीको संयन्त्रले नै बम राखेर फसाउने प्रयास गरिएको हुनसक्ने बताएका छन् ।

बिनासर्त रिहाइ नभए आन्दोलन अझ कडा हुने

पक्राउ परेका पूर्ब मन्त्री गोपाल किराती लगायत सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई तत्काल बिना सर्त नछाडे आन्दोलन अझ कडा बनाउदै लाने प्रदेश नं. १ पुन नामाङ संयुक्त संघर्ष समिति अध्यक्षता गर्दै आएका नेता डकेन्द्रसिंह थेगिमले बताए ।
घुर्मी लेगुवाको सडक खुल्ने वा अनिश्चितकालीन हुने स्थिति हेरेर निर्णय हुने यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए ।
संयुक्त संघर्ष समितिले लेगुवा पश्चिम मंसिर २८ गतेपछि मध्ये पहाडी मार्ग सडक बन्दको घोषणा गरिसकेको छ ।
बन्दको प्रचार प्रसारको लागि २५ गते साँझ खोटाङको हलेसी, भोजपुर सदरमुकाम, धनकुटाको लेगुवा र तेह्रथुमको जिरिखिम्ति लगायतका स्थानहरुमा पहिचानवादी संयुक्त संघर्ष समितिले मशाल जुलुस प्रदर्शन गरेको थियो ।
संयुक्त संघर्ष समितिले एमालेको झुलाघाट चियाभञ्याङ यात्रामा कोशी नाममा हस्ताक्षर दिने ८२ मध्येका प्रदेश सांसद र राई, लिम्बूलाई सामुदायगत रुपमा आतंककारी, अपराधि भन्ने नेपालको पूर्व प्रधानमन्त्री केपी ओली, पूर्ब मन्त्री योगेश भट्टराई, महेश बस्नेतलाई सहभागी नगराउन आग्रह गरेको थियो ।
तीन नेताहरुले आत्मा आलोचाना गरेर ८२ सांसदलाई नहिडाउने प्रतिबद्धता गर्न आग्रह गरेपनि सो पार्टीले प्रतिक्रिया नदिएपछि लेगुवा पश्चिम र पूर्ब बिभाजन गरेर घुर्मीदेखि चिवाभञ्याङ सम्म सडक बन्दको घोषणा गरेको हो । संयुक्त संघर्ष समितिले पहिचानको आन्दोलन कुनै पार्टी, जाती विरुद्ध नभएर कोशी खारेजी गरी पहिचानको आधारमा पुन नामाङ्कनको लागि, आत्मा सम्मान र गौरव तथा साझा राष्ट्रियता निर्माणको लागि भन्दै आएको छ । आन्दोलन प्रहरीले जति दमन गर्‍यो उति चर्केर जाने किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...