फाल्गुनन्द शाकोस कार्यालय स्थान्तरण

 लिम्बुवान न्युज
                       


दमक, २९ मंसिर । दमक–६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था दमक–१ स्थित हवल्दार चौंकमा कार्यालय स्थानन्तरण गरिएको छ । आज एक संक्षिप्त कार्यक्रम गरि संस्थाको कार्यालय स्थानन्तरण गरि सेवा शुरु गरिएको बताइएको छ ।
किरात ¥धर्म तथा साहित्य उत्थान संघको दोश्रो तलामा स्थान्तरण गरिएको कार्यालयको संस्थाका अध्यक्ष पदम लिम्बू (संकल्प)ले रिवन काटेर उद्घाटन गरेका छन् । कार्यालय उद्घाटनका क्रममा उनले संस्थाले शेयर सदस्यहरुको सहजतालाई ध्यान दिदैं दमक १ मा सुविधा सम्पन्न संरचना तयार गरि सेवा पु¥याउन प्रतिवद्ध भएको जानकारी दिए ।
२०६८ सालमा स्थापना गरिएको सहकारी लामो समयसम्म दमक ६ स्थित लिङ्गदेन मार्गमा सञ्चालन हुँदैआएको थियो । तर, त्यहाँ कार्यालय संरचना पर्याप्त हुन नसक्दा सेवा सञ्चालनमा समस्या झेल्दैआउनु परेको थियो ।
संस्थाका प्रमुख कार्यकारी दिलीप जवेगुले शेयर सदस्यहरुलाई सेवा सञ्चालनमा थप सुविधा पु¥याउन स्थानन्तरण गरिएको कार्यालय अति उपयोगी हुने विश्वास व्यक्त गरे । संस्थाले स्थानन्तरण भएको सहकारीको कार्यालयसम्म सेवा लिन आउने सदस्यहरुलाई निश्चित अवधिका लागि रिक्सा भाडा वापत एकपटकका लागि ५० रुपैयाँ उपलव्ध गराउने समेत उनले बताए ।
संस्थाले दमकसहित इलामको चुलाचुली, झापाको विर्तामोड र झिलझिले तथा मोरङको उर्लाबारीमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुमाझ कारोबार गर्दैै आएको छ । सो संस्थामा हाल शेयर सदस्यको संख्या ३ हजार पुगेको छ ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष फूलकुमारी आङ्गदेम्बे, कोषाध्यक्ष इक्सा सम्बाहाम्फे, सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, सुवास आचार्य,व्यवस्थापक कुवेर तुम्बापो, शेयर सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...