पूर्व मन्त्री गोपाली किराती सहित ४७ पहिचानवादी रिहाः पाण्डवलाल र महेश छुटेनन्

 लिम्बुवान न्युज
                       


दमक, १ पुष । प्रदेश १ को नाम ‘कोशी’ खारेज गरि पहिचानसहित पुनः नामाङकनको प्रस्तावसहित आन्दोलनको क्रममा पक्राउ परेका पूर्व मन्त्री गोपाल किराती लगायत ४७ जनालाई प्रहरीले आज साँझ रिहा गरेको छ ।
मध्ये पहाडी लोकमार्ग र दुई दिने प्रदेशब्यापी सडक बन्दको क्रममा बिभिन्न संगठनको नेता कार्यकर्ताहरु पक्राउ परेका थिए । पक्राउ परेका नेताहरु बिना सर्त रिहाइ नभए संयुक्त संघर्ष समितिले प्रदेशव्यापी आम हड्तातको कार्यक्रम ल्याउने चेतावनी दिदै आएका थिए ।
खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरुबाट पहिचानवादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ४७ जनालाई प्रहरीले निसर्त रिहाइ गरेको छ । रिहाइ भएको अधिकांश जिल्लामा प्रहरी दमन मुर्दावाद, पहिचानको आन्दोलन जारी छ लगायतको नारा जुलुस र पहिचानवादी नेताहरुलाई स्वागत भएको छ । मध्ये पहाडी लोकमार्ग बन्द र यहाँ भएको क्रियाकलापले पहिचानको आन्दोलनलाई थप उचाईमा पु¥याएको र उत्साह थपिएको संयुक्त संघर्ष समितिको नेतृत्व गरिरहेका पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामाङ्कन अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।
संयुक्त संघर्ष समितिको झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरी र केपी ओलीलाई मुक्का हान्ने महेश राईलाई भने रिहा गरेका छैनन् । यी दुवै जनाको बिनासर्त रिहाइ नभए अव आन्दोलन केही दिन धनकुटा र झापा केन्द्रीत हुनेसमेत संघर्ष समितिले जनाएको छ ।
बन्धी बनाएर रिहा भएका नेताहरु ः–

खोटाङबाट ः–२०८० मंसीर २६ गते (१) पूर्ब संस्कृति मन्त्री गोपाल किराती, (२) जसपा नेता, राजेस राई, (३) गन्धमान राई, (४) विजय राई, (५) उदिम राई (पुष १ गते साँझ रिहा)
भोजपुरबाट ः–२०८० मंसीर २६ गते (६) बिदुर राई (किराया भोजपुर जिल्ला अध्यक्ष) (७) मीना राई (जसपा प्रदेस सदस्य), (८) दिनेस राई (जसपा जि.सदस्य÷युवा इन्चार्ज), (९) पनन राई (पुष १ गते साँझ रिहा)
उदयपुरको घुर्मीबाटः–२०८० मंसीर २६ गते (१०) निशान राई, (११) बिजय थापा, (१२) शंखर खत्री (पुष १ गते साँझ रिहा)
झापाको बिर्तामोडबाटः–२०८० मंसीर २६ गते (१४) पाण्डव चौधरी (संयुक्त संघर्ष समिति झापा जिल्ला संयोजक) रिहा हुन बाँकी
लेगुवाघाटबाट ः–२०८० मंसीर २७ गते (१५) उद्दवमणि राई (किराया धनुकटा अध्यक्ष, (१६) कमल तिगेला (कियाचु धनकुटा अध्यक्ष), (१७) बिरेन्द्र खारा राई (संखुवासभा संयुक्त संघर्ष समिति अध्यक्ष) (१८) उमा चाम्लिङ राई (किराया संखुवासभा सचिब) (१९) जितेन्द्र माङपाङ राई (किराया पाख्रिबास अध्यक्ष) (पुष १ गते साँझ रिहा), महेश राई रिहा हुन बाँकी
भोजपुरबाट ः– २०८० मंसीर २८ गते, केपी ओलीलाई सदरमुकाममा कालो झण्डा प्रदेश गर्ने क्रममा (२०) मन्जु राई, (जसाप जिल्ला उपाध्यक्ष), (२१) दिनेश राई (किरात फोर्स भोजपुर संयोजक), (२२) मणि राई (जिल्ला सदस्य), (२३) धिरज राई (जिल्ला सदस्य), (२४) धिरेन खिम्बुले राई (समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष), (२५) तायाबुङ राई (समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिव) (पुष १ गते साँझ रिहा)
सुनसरी धरानबाटः–२०८० मंसीर ३० गते (१) सुमन चेम्जोङ, (२) करुण राई, (३) शिवाहाङ राई (सिताराम ), (४), हरि राई, (५) शम्भु राई ‘पृथक (सोही दिन साँझ रिहा)
झापा–इलाम सिमाना केर्खाबाट ः–२०८० मंसिर ३० गते (१) ध्रुब लावती (पूर्ण)–इलाम चुलाचुली १ बाट निर्वाचित वडाध्यक्ष, (२) नरेन्द्र लेक्वा लिम्बु (सोही साँझ रिहा)
सुनसरी धरानबाटः–२०८० पुस १ गते १५) सागर धामी, चन्द्रमाया लिम्बु, पदम तमाङ, महेन्द्र गुरुङ, रमेश राई, अमित राई, विष्णु तिगेला, विश सुब्बा इस्बो र टिएन सुब्बा (सोही साँझ रिहा)
सुनसरी इटहरीबाट ः–२०८० पुस १ गते— ताराबिर राई, आइत लिबाङ लिम्बु, सरिता राई र चन्द्र सम्बाहाम्फे (सोही साँझ रिहा) ।
थप कार्यक्रमहरु संघर्ष समितिको बैठक बसी तय गरिने संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...