दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
पाँचथर, १ पुष । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथर पुगेपछि मध्यपहाडि लोकमार्गलाई पछ्याउने हिम्मत गुमाउदै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पूरा गरेका छन् । प्रदेश नं.१ प्रवेश गरेपछि नै निरन्तर पहिचानवादीहरुको अवरोधको सामना गरेका ओलीले पाँचथर पुगेपछि चारपाङ्ग्रे गाडी मार्फत् मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पुग्ने आँट गुमाएका हुन् ।
आन्दोलनरत पहिचानवादीहरुबाट सशक्त प्रतिरोध हुने थाहा पाएपछि संकल्प यात्राको अन्तिम दिन एमाले अध्यक्ष ओली हेलिकप्टर चार्टर गरेर चिवाभञ्ज्याङ पुगेको पहिचानवादी नेता नेपाल आदीवासी जनजाति महासंघ पाँचथरका अध्यक्ष सागर केरुङले बताए । प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मध्यपहाडी लोकमार्गको पाँचथर खण्डमा ओलीलाई कडा प्रतिरोध गर्ने तयारी गरेपछि हच्किएका ओलीले हेलिकप्टर मार्फत् चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गरेका छन् ।
केरुङले पाँचथरको याङवरकमा पहिचानवादीले वम राखेको र स्वागत गेंट भत्काइदिएको निराधार हल्ला फैलाएर आन्दोलनलाई बद्नाम बनाउन खोजिएको पनि बताए । आफूहरु शान्तिपूर्ण तर सशक्त आन्दोलनको तयारीमा रहेको केरुङले बताए ।
एमालेको संकल्प यात्रा अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा अघि बढेको थियो । तर प्रदेश नं.१ प्रवेश गर्नसाथ धनकुटाको लेगुवामा ओलीमाथि आफ्नै कार्यकर्ताले झापड प्रहार गरेका थिए । त्यसपछि क्रमशः तेह्रथुम र पाँचथरमा ओलीले पहिचानवादीहरुको अवरोध झेल्नु परेको थियो । अन्ततः मध्यपहाडी लोकमार्ग भएरै संकल्प यात्रा पूरा गर्ने भनेर निस्किएका ओलीले पहिचानवादीकै डरले संकल्प यात्राको अन्तिम दिन आकाशको बाटो रोज्न बाध्य भएको पहिचानवादीहरुले बताएका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...