पुष १० गते दमक र कमलले संयुक्त रुपमा चासोक मनाउँदै

 लिम्बुवान न्युज
                       


दमक, ६ पुष । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम उधौली पर्व मनाउने भएको छ । चुम्लुङ दमक र कमल शाखाले आज दमकमा संयुक्त पत्रकार सम्मेलन गरि चासोक तङनामको तयारीका बारेमा जानकारी दिएको हो ।
याक्थुङ जातीहरुको चासोक कार्यक्रम कमल ५ सावित्रा चौकस्थित आदिवासी रंगशालामा हुने जनाइएको छ । चुम्लुङ दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङले विगत बर्षझै यसवर्ष पनि लिम्बू याक्थुङ समुदायले महान चाडका रुपमा मनाउदै आएको चासोक तङनामलाई निरन्तरता दिन यस वर्ष वृहत कार्यक्रम गरिएको बताए । उनका अनुसार चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यता रहने चासोक तङनाममा विधिपूर्वक सांस्कृतिक अनुष्ठान अनुसार पूजाआजा गर्नुका साथैं स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहने छ ।


कार्यक्रममा लिम्बू समुदायबाट उदीयमान कलाकारका रुपमा चिनिएका रुक्सना लिम्बू, दिपा सुहाङ, कञ्चन थलङ, दिलीप माखिम, राजन पन्धाक, सुनिता मिभक, निमा तामाङ र हिमाल लिम्बूसहित स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने जनाइएको छ ।
त्यस्तै, भाषा,संस्कृतिविद श्रीजंघासिंह थेवेको ३१९ औं जन्मजयन्ती मनाउनुका साथै लिम्बू समुदायको सांस्कृतिक नृत्य केलाङ, याःलाङ (धान नाच)समेत प्रस्तुत गरिने उनले बताएका छन् । कार्यक्रममा चुम्लुङका झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले जिल्लाभरि सबै पालिकाहरुमा विभिन्न कार्यक्रम गरि चासोक तङनाम भव्य रुपले मनाउने तयारी भईरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...