पोक्लाबाङ यकको तेस्रो साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       


फेदाप पोक्लाबाङ /पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । १८ थरी लिम्बुहरुको प्रतिनिधिमुलक संस्था पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापको, फेदाप स्थित माङगेन्ना लुङधुङमा सम्पन्न साधारणसभाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र कार्ययोजना पारित गरेको छ ।

संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ्ले प्रस्तुत गर्नुभएको कार्ययोजनामा अब निर्माण हुन लागेको संग्रहालय निर्माणलाई तिब्रता दिदै संस्थाको सक्रियता बढाउने बिषयलाई प्रमुख बनाइएको छ ।

हाल पोक्लाबाङको संग्रहालय निर्माणका लागि शहरी बिकास मन्त्रालय बाट चार करोड बजेट विनियोजन भएको छ । टेन्डर प्रक्रिया बाट निर्माण हुने संग्रहालय बहुबर्षे योजना अन्तर्गतको रहेको छ । त्यो संगै संस्थाको आगामी अधिवेशन २०८१ माघ महिनामा सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।

भव्यताका साथ सम्पन्न गरिने अधिवेशनको आर्थिक समिति सहरमान लुम्फुङवाको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति समेत गठन गरिएको छ । सदस्यहरुमा बिजय निङलेकु, गंगा कुरुम्बाङ, कृष्ण कुमार तेयुङ, लोक ब सम्बाहाङफे, काजीमान पंगेनहाङ लगायत रहेका छन । त्यसैगरी संस्थाले थामरुङ लुङधुङ थोबो कोष पनि स्थापना गर्ने भएको छ ।

जुन कोषको प्राप्त ब्याज बाट प्रत्येक महिनामा २ पटक थामरुङ र लुङधुङ सरसफाइ तथा पुजाआजा गरिनेछ । तेस्रो साधारणसभासंगै माङहुक्वा वादेम्मा कार्यक्रम पनि आजै सम्पन्न गरिएको छ ।

सबै सयङका प्रतिनिधिहरुको उपस्थिति रहेको साधारणसभा संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षता स्वागत मन्तव्य उपाध्यक्ष राजकुमारी सिगक तथा महासचिव टेक बहादुर खापुङको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...