थोक्ला कविताको परिचर्चा

 लिम्बुवान न्युज
                       

मेयङलुङ, तेह्रथुम/ तेह्रथुम सदरमुकाम मेयङलुङ बजार स्थित किरात याक्थुङ चुम्लुङ हिममा भगिश्वर तेयुङ मनोजले लिम्बू भाषामा लेख्नुभएको कविता संग्रह थोक्लाको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । लिम्बू मौलिक संस्कार र संस्कृतिको उठान गरेर लेखिएको कविता थोक्लाले विशेष चर्चा पाइरहेको समयमा तेह्रथुममा पनि विभिन्न विद्वानहरु मार्फत यसको विमर्श गर्ने कार्यक्रम सम्पन्न भएको हो ।

थोक्ला लिम्बू समुदायको एउटा पुरानो संस्कृति हो । यो आर्थिक तथा पारिवारिक र नातागोता बिच सम्बन्धको प्रगाढता संग पनि प्रतिबिम्बित छ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम, लिम्बुवान अध्ययन केन्द्र तेह्रथुम र कियाचु लिम्बू भाषा तथा साहित्य प्रतिष्ठान तेह्रथुमको आयोजनामा गरिएको चर्चा कार्यक्रमको सुरुवातीमा सर्जक भगिश्वर तेयुङ मनोजले आफ्नो कविता लेखनको अनुभव, विम्बको छनौट, सामाजिक परिघटना लगायत अनुभुतीहरु व्यक्त गर्दै कविता वाचन गरेर कार्यक्रमको उठान गरिएको थियो ।

थोक्ला कविताको समिक्षात्मक चर्चा लिम्बू भाषामा स्नातक तहको विद्यार्थी तथा श्रीजुङ माबिका शिक्षक शेर बहादुर योङहाङ र श्रीजुङ माबिका शिक्षक एवं लिम्बू भाषा तथा साहित्य प्रतिष्ठान तेह्रथुमका सदस्य हाङनारायण हुक्पा चोङबाङले गर्नुभएको थियो । उहाहरुले थोक्ला लिम्बू समुदायको रितिरिवाज र संस्कृति संग सम्बन्धित भएकोले लेखकले सरल, यथार्थ, व्यवहारीक संस्कृति प्रेममा आधारित भएर कविता लेख्नुभएको उल्लेख गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम सम्बाहाङफेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट मन्तव्य तथा पुस्तक चर्चा गर्दै थोक्ला चेली माइती बिचको आत्मीयता र आर्थिक पक्ष संग जोडिएकोले यसको मौलिकतालाई वास्तविक चित्रण लेखकले गरेको उल्लेख गर्नुभएको थियो । त्यसैगरी अहिले यो थोक्ला लोपोन्मुख भएको कारण यस कविता मार्फत पुरानो भोगाइ र मिठास पनको सम्झना गराएको बताउनुभएको थियो । उहाले भन्नुभयो कवितामा समावेश भएका सबै कविताहरु अतीत सम्झाउने सिर्जना रहेछन । यसले पाठकहरु समेतलाई आनन्द दिलाउने कुरा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिहरु कियाचु लिम्बुवान प्रदेश समिति उपाध्यक्ष तथा लिम्बुवान अध्ययन केन्द्र तेह्रथुम अध्यक्ष टंक माया तिगेला आदिवासी जनजाति महासंघ तेह्रथुम अध्यक्ष बलदेव तुम्बाहाङफे, घनस्याम सावादेन, राम तुम्बाहाङ्फे लगायतले थोक्लाको चर्चा गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम किरात याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षता र कवि तथा कियाचु लिम्बू भाषा तथा साहित्य प्रतिष्ठान तेह्रथुम सदस्य नरेन्द्र खापुङ संयमले संचालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...